back
CTIZAN AD

३३ किलो सुन प्रकरणमा परेका प्रहरीहरु धमाधम छुट्दै , सुन भने अझै भेटिएन

वि.सं.२०७५ असोज १२ शुक्रवार

540 

shares

 

१२ असोज, काठमाडौँ । ३३ किलो सुन र सनम हत्या प्रकरणमा जेल परेका पूर्व डिआइजी गोविन्द निरौला साधारण तारेखमा रिहा भएका छन् ।

बिहिबार उच्च अदालत मोरङका न्यायाधीशद्वय सारंगा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले पूर्व डिआइजी निरौलालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

पूर्व डिआइजी निरौलालाई केही महिनाअघि ३३ किलो सुन र सनम हत्या प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको थियो । महानगरीय प्रहरी त्रिभुवन विमानस्थलको सुरक्षा कार्यालको प्रमुख हुँदा निरौलाले सुन तस्करी गरेको आरोप लागेको थियो ।

निरौलालाई ३३ किलो सुन प्रकरणसँगै सनम हत्याकाण्डमा संलग्न रहेको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा छानविन समिति गठन भएको थियो ।

त्यस्तै सुन प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहनी गत भदौ २९ गते रिहा भएका थिए । एसएसपी लोहनीले गत असार ७ गते थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । लोहनी तत्कालिन महानगरीय अपराध अनुसन्धान, महाशाखाका प्रमुख थिए ।

यस्तै सुन प्रकरणमा मुछिएका डिएसपी प्रजित केसी पनि एसएसपी लोहनी रिहा भएको दुई दिनमै रिहा भएका थिए । डिएसपी केसी गत वैशाख १६ गते पक्राउ परेका थिए । डिएसपी केसीले थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । केसी तत्कालिन महानगरीय अपराध अनुसन्धान, महाशाखामा कार्यरत थिए । ३३ किलो सुन प्रकरणमा प्रहरीकै उच्च अधिकारीको संलग्नता रहेको भन्दै अनुसन्धान गरेको थियो । तर घटना घटेको ६ महिना बित्दा समेत हराएको भनिएको ३३ केजी सुन अझै फेला परेको छैन् ।

वि.सं.२०७५ असोज १२ शुक्रवार ०७:३१ मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...