
१२ असोज, काठमाडौं । सुपा देउराली मन्दिरमा शनिबार भीड धेरै हुन्छ । वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ ।
सुपादेउरालीको यहि भेटिले खाँचीकोटको आर्दश मावि र सीतापुरको शान्ति निमावि धानिएका छन् । यो भेटिले १० शिक्षकको तल पुगेको छ । ‘भेटि नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न सम्भव थिएन,’ आर्दश माविका प्रधानाध्यापक डिल्लीराज थापाले भने, ‘६ शिक्षकलाई तलब पुगेको छ ।’ १८ मध्ये ६ शिक्षक मात्रै स्थायी छन् ।
शान्तिमा रहेका १० मध्ये ४ शिक्षकलाई तलब दिन पुगेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हीरसिंह गुरुङले मन्दिरबाट पैसा नआएको भए कक्षा ७ सम्म सञ्चालन गर्न असम्भव रहेको बताए । धेरैजसो गुरुङ मगर र दलितका छोराछोरी पढ्न सजिलो भएको उनले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
वि.सं.२०७५ असोज १२ शुक्रवार ०७:४८ मा प्रकाशित