back

नौ विद्यार्थीका हत्यारालाई मृत्युदण्ड दिइयो

वि.सं.२०७५ असोज १२ शुक्रवार

285 

shares
GLOBAL IME AD
NTC AD

१२ असोज, सिआन, चीन ।  सिन्ह्वा चीनको शान्जी प्रान्तको एक माध्यामाकि विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थीको हत्या गर्ने एक चिनियाँ नागरिकलाई बिहीबार फाँसीको सजाय दिइएको छ ।

स्थानीय अदालतले सो जानकारी दिएको छ । झाओ जेवेइ नाम गरेका ती व्यक्तिलाई युलिनको प्रान्तीय अदालतले यसअघि नै मृत्युदण्डको सजाय सुनाएकोमा बिहीबार सान्जी प्रान्तमा अवस्थित उच्च अदालतले सो आदेशलाई सदर गरिदिएको हो ।

सान्जीको प्रान्तको सुप्रिम पिपुल्स् कोट (एसपीसी)ले बिहीबार उनीमाथिको मृत्युदण्डको सजायलाई सदर गरिदिएको बताइएको छ ।

सो व्यक्तिले उक्त प्रान्तको मिझी ग्रामीन इलाकामा रहेको एक माध्यामिक विद्यालयमा गत अप्रिल २७ मा आक्रमण गरी नौ विद्यार्थीको हत्या गरेको थियो ।

उक्त आक्रमणबाट अरु १२ जना विद्यार्थी पनि घाइते भएका थिए । गत जुलाई १० मा नै युलिनको प्रान्तीय अदालतले जाओलाई मृत्यु दण्डको सजाय सुनाएको थियो ।

सोही विद्यालयका पूर्वविद्यार्थी रहेका २८ वर्षीय झाओले विद्यालयमा आक्रमणको योजना बनाएरै पाँच ओटा चक्कु बोकेर विद्यालय पुगेका प्रहरीले जनाएको थियो । झाओले बदलाको भावनाले सो आक्रमण गरेका बताइएको छ । तर उनले कोसँग र किन बदला लिनुपरेको हो भन्ने बारेमा भने केही बताइएको छैन ।

वि.सं.२०७५ असोज १२ शुक्रवार ०९:११ मा प्रकाशित

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

वासिङ्टन,अमेरिका । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी...

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

नयाँ दिल्ली । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२०००...

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा...

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को...

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार...