back
CTIZAN AD

विकिलिक्सका प्रधान सम्पादकमा ह्राफसोन नियुक्त

वि.सं.२०७५ असोज १२ शुक्रवार

690 

shares

 

१२ असोज, लन्डन । अमेरिकी सरकारको सर्वाधिक खोजीमा रहेका जुलियन असान्ज संस्थापक रहेको विकिलिक्सको प्रधान सम्पादकमा क्रिस्टिन ह्राफसोन नियुक्त भएका छन् । विकिलिक्सको प्रवक्ता रहिसकेका ह्राफसोनलाई प्रधान सम्पादक नियुक्त गर्नुको कारण भने स्पष्ट भएको छैन ।

विभिन्न स्रोतबाट सूचना लिएर त्यसलाई इन्टरनेटमार्फत सार्वजनिक गरी विश्वचर्चित हुनुभएका विकिलिक्सका ४७ वर्षीय संस्थापक जुलियन असान्ज लन्डनस्थित इक्वेडरको राजदूतावासमा केही वर्षदेखि शरण लिएर बसिरहेका थिए ।

विकिलिक्सले असान्ज नै समूहको प्रकाशक हुने जनाएको छ । इक्वेडरमा नयाँ राष्ट्रपति चुनिएलगत्तै असान्जको सञ्चार सम्पर्क मार्चदेखि विच्छेद गरिएको छ । विकिलिक्सको बुधबारको वक्तव्यमा असान्जले आफू सञ्चार सम्पर्कविहीन भएको बताएका छन् ।

असान्जले यसअघि समूहको प्रवक्ता, प्रकाशक र सम्पादक स्वयँ आफू रहेको बताउँदै आउनुभएको थियो ।

ह्राफसोनले आफूमाथि आएको नयाँ जिम्मेवारी स्थायी वा अस्थायी के हो भन्ने अझै थाहा हुन नसकेको प्रतिक्रिया दिए ।

वि.सं.२०७५ असोज १२ शुक्रवार ०९:१२ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...