back
CTIZAN AD

एक हप्तामा दुई मन्त्रीद्वारा राजिनामा

वि.सं.२०७५ असोज १२ शुक्रवार

663 

shares

 

 

१२ असोज, जेनेभा । एएफपी स्वीट्जरल्याण्डका उर्जा मन्त्री डोरिस लेथार्डले बिहीबार राजिनामाको घोषणा गरेका छन् ।

उनको राजिनामा यस बर्षको अन्त्यतिर मात्रै लागु हुने समाचारमा जनाइएको छ । उनीसँगै स्वीट्जरल्याण्डमा एक हप्तामा दुई मन्त्रीले राजिनामाको घोषणा गरेका छन् ।

लेउथर्ड विगत १२ बर्षदेखि सरकारमा रहेर सेवा गर्दै आएका छन् । उनले दुई पटक अध्यक्ष मण्डलको नेतृत्व गर्नुभएको छ । स्वीट्जरल्याण्डमा अध्यक्ष मण्डलको नेतृत्व हरेक एक एक बर्षमा फेरिने व्यवस्था रहेको छ ।

“नयाँ शक्तिहरूलाई ठाउँ बनाइदिने समय आएको छ,” ५५ बर्षिय क्रिश्चियन डेमोक्रयाट लेथार्डले संसदलाई पठाएको पत्रमा भनेका छन् । उनले हाल वातावरण, यातायात, उर्जा र सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

उनी अहिले स्वीजरल्याण्डमा सवैभन्दा लामो समय सरकारमा रहने मन्त्री हुन् । उनले सन् २०१९ मा हुने आम निर्वाचनसँग यो राजिनामाको कुनै सम्बन्ध नभएको यसअघि नै बताएका छन् ।

स्वीट्जरल्याण्डका अर्थमन्त्री जोन स्चेइडर अम्मानले राजिनामा दिने योजना बनाएको बताएको केही दिनपछि उर्जा मन्त्रीको राजिनामाको घोषणा भएको हो ।

यसै हप्ता अम्मानले पनि यही बर्षको अन्त्यतिर आफुले सरकार छाड्ने योजना बनाएको जानकारी दिनुभएको थियो । उहाँ सन् २०१० मा मन्त्री बनेका छन् ।

लिवरल पार्टीका नेता ६६ बर्षिय अम्मानले पनि आफ्नो राजिनामासँग सन् २०१९ मा हुने आम निर्वाचनको कुनै सम्बन्ध नरहेको दावी गरेका छन् ।

 

वि.सं.२०७५ असोज १२ शुक्रवार ०९:१६ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...