back
CTIZAN AD

देश डुब्न लाग्यो भनेर कविता बाचन गरिएको होला–प्रधानमन्त्री

वि.सं.२०७५ असोज १३ शनिवार

600 

shares

१३ असोज, काठमाडौं । सरकारको कामकारबाही सन्तोषजनक नभएको भन्दै देश डुब्न लाग्यो भनेर आफ्नै पार्टीका नेताहरुबाट जनाइएको असन्तुष्टिको जवाफ दिएका छन् ।

अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले देश सहि बाटोमा सहि ढंगले हिडिरहेका बेला असन्तुष्ट पक्षद्धारा देश डुब्न लाग्यो भनेर व्यक्त गरिएको असन्तुष्टि कविता साहित्य बाचन गरेको आफूले ठानेको बताएका छन् ।

प्रधामन्त्रीले कुनैपनि संस्था एउटा विचार, आर्दश र उद्धेश्यमा आवद्ध भएको बताउँदै पार्टी भनेको बजारमा भेला भएका मान्छे नभएको पनि बताए । ‘पार्टी भनेको बजारमा भेला भएका मान्छेहरु होइन, जहाँ कोही माछा किन्न, कोही साग किन्न गएको हुन्छ, कोही बेच्न गएको हुन्छ, कोही अरुनै काममा गएको हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘विभिन्न कामले जान्छन्, विभिन्न उद्धेश्य भएका हुन्छन् । उनीहरुका गन्तव्य पनि एउटा हुँदैन र उद्धेश्य पनि एउटा हुँदैनन् ।’

प्रधानमन्त्री ओलीले पार्टी बजार जानेहरुको झुण्ड नभएर एउटा उद्धेश्य, एउटा लक्ष्य एउटा आर्दश लिएर एउटा बाटोबाट अगाडि बढ्नुपर्ने बताए । उनले मुख्य आदर्शमै हमला भइरहँदा खेरी खुच्चिङ भनेर बस्ने दलिय प्रवृत्ति नभएको र आदर्शमा आवद्ध प्रवृत्ति पनि नभएको बताए ।

देशमा पछिल्लोपटक भएका हत्या हिंसा र बलात्कारका बारेमा सोधिएको प्रश्नमा प्रधानमन्त्रीले यस्ता घटना अत्यन्तै अमानविय भएको बताए । उनले देशमा अशान्ति र अस्थिरता ल्याउनु सरकारको मुख्य भूमिका भएको जस्तो गरेर आरोप आइरहेको बताए । उनले भने ‘सरकारले बलात्कार गर्छ ? मुसाले फलानाको चामलको बोरामा प्वाल पार्यो सरकार के हेरिरहेको छ भन्ने संस्कृतिबाट गुज्रिएको संस्कृति एकिछिनका लागि भएको र दया लाग्दो संस्कृति भएको तथा उसलाई संस्कृतिको रुपमा हुर्काउन खोजिए पनि यसको कुनै अर्थ छैन् ।’
प्रधानमन्त्री ओलीले देश सहि बाटोमा हिडेको, छिमेकीहरुसँग सम्बन्ध राम्रो भएको र देशमा आर्थिक उन्नती भएको पनि बताए ।

त्यस्तै प्रधानमन्त्रीले गैरआवासीय नेपालीको दोहोरो नागरिकताको विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्रीले बाहिर गएर त्यहाँको नागरिकता लिएमा, त्यहाँको स्थायी आवासीय व्यक्ति भएमा राजनीतिक अधिकार बाहेक सांस्कृतिक र आर्थिक रुपमा समावेश हुन सकिने भनेर उनीहरुको माग अनुसार नै संविधानमा कानुन निर्माण गरिएको समेत बताएका थिए ।

वि.सं.२०७५ असोज १३ शनिवार १६:०८ मा प्रकाशित

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...