back
CTIZAN AD

यी हुन् मलेसियामा १५ लाखभन्दा बढी कमाउने नेपाली मजदुर

वि.सं.२०७५ असोज १३ शनिवार

528 

shares

१३ असोज, क्वालालम्पुर, मलेसिया । वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन् ।

तिनैमध्येका एक हुन्, सुनसरी जिल्लाको इटहरीका शम क्षेत्री । जो मलेसियाको चेन होटल ‘होटल ग्राण्ड कन्टिनेन्टल’ मा इज्जतिलो पदमा कार्यरत छन् । क्षेत्रीय परामर्शदाताको रुपमा कार्यरत क्षेत्रीले महीनामा रु १६ लाखभन्दा बढी कमाउछन् । इज्जतिलो काम र राम्रै कमाइका साथै उक्त होटलमा माथिल्लो दर्जामा काम गर्न पाउने कमै भाग्यमानीमध्ये पर्दछन् क्षेत्री ।

“इमान र इज्जतसँगै दाम पनि ठीकै छ, महीनामा तलब मात्र रु १५ लाख हुन्छ । यता उता गर्दा १८ देखि माथि पुग्छ ।” चेन होटल चीन, मलेसिया, सिङ्गापुर, ब्रुनाई, संयुक्त अधिराज्य बेलायत, अष्ट्रेलिया, न्यूजील्याण्डमा गरेर ६२ वटा होटल छन् । क्षेत्रीले उक्त होटलेको एशिया विभाग हेर्छन् ।

शुरुमा चेन होटल सेराटनमा सेवा गरेका क्षेत्रीले लेजन होटल हुँदै अहिले ग्राण्डमा विगत सात वर्षदेखि कार्यरत छन् । होटल राम्रोसँग चलेको छ । नेपाली धेरै आउछन् । होटल क्षेत्रको १८ वर्षभन्दा बढीको यात्रामा उनी भन्छन्, यहाँ धेरै नेपालीहरूमा पनि राम्रो पदमा ठूलै कमाइ गर्ने साथीहरु हुनुहुन्छ । उहाँहरुसँग मिलेर नेपालमै केही गरौँ की भन्ने सोचाइ पनि छ ।”
नेपालमै उच्च शिक्षा लिएका क्षेत्रीले मलेसियामा होटल व्यवस्थापनमा स्नातकोत्तर गरे । क्षेत्रीलाई पहिला पढ्नै पर्ला जस्तो लाग्दैनथ्यो अहिले काम गर्दै जाँदा शिक्षाको महत्व झल्किएको छ । “नेपालमा पर्यटनको भविष्य राम्रो छ किन नेपालीले अरुलाई कमाउन दिने हामी आफैँ लगानी गरेर प्रतिफल लिनसक्छौँ”, उनको भनाई छ ।

कमाइसँगै रोजगारी पनि

क्वालालम्पुरमा व्यवसाय गर्दै आउनुभएका व्यवसायी शङ्करप्रसाद आचार्य नेपाली रेष्टुराँ तथा डान्स् बार सञ्चालन गर्छन् । यहाँ नेपालीसहित भारत, चीन, इण्डोनेशियाका नागरिकले काम गर्छन् । व्यवसाय राम्रै चलेको छ, भविष्यमा नेपालमै आएर केही लगानी गर्ने सोच बनाएका आचार्य अनुकूल वातावरण सिर्जना गर्न सरकारले ध्यान दिनुपर्ने सझाउछन् ।

काठमाडौँका विपीन अम्गाई मलेसियाको सेलाङगोरमा रेष्टुराँ चलाउछन् । शुरुमा चारवटा रेष्टुराँ र एक मिनिमार्केटसमेत चलाएका उनको हिमाल रेष्टुराँमा नेपालीकै घुइँचो हुन्छ । यो क्षेत्रमा उहाँजस्तै अन्य सात जनाले व्यवसाय गर्छन् । नेपालीले रेष्टुराँ व्यवसाय गर्दा कम्तीमा मलेसियन रिङ्गेट एक लाख लगानी गर्नैपर्छ । नेपाली तथा केही विदेशी गरी ३० जनालाई रोजगार दिलाएका उनी शुरुको जस्तो राम्रो व्यवसाय नचलेको बताउन्छन् ।

सिन्धुली खुर्कोटका देवीबहादुर चौहान विगत तीन वर्षदेखि होटल ग्राण्डमा काम गर्छन् । हाल १३ नेपाली कार्यरत उक्त होटलमा कम्तीमा मलेसियन रिङ्गेट १८ सयदेखि २५ सयसम्म कमाइ हुन्छ । काम सजिलै छ । काम लगाउने नेपाली नै भएकाले कुनै समस्या छैन । अझै एक दुई वर्ष बस्ने योजना सुनाउँदै चौहान भन्छन् “समग्रमा यहाँ काम गर्ने सामान्य कर्मचारीले महीनाको एक लाख जति कमाइ गर्छन् ।”

क्षेत्रीजस्तै माथिल्लो पदमा काम गर्ने स्ट्याण्डर चाटर्ड बैंकका देशीय प्रमुखमा एक नेपाली हुन् भने क्वालालम्पुरको टुइन टावरको मुख्य इञ्जिनीयरमा दिनेश पौडेल कार्यरत छन् ।

मलेसियामा प्रतिष्ठित कम्पनीमा माथिल्लो तहका काम गर्ने मात्र हैन यहाँका विभिन्न कम्पनीमा काम गर्ने नेपाली मजदूरले पनि राम्रो कमाएर प्रगति गरेका छन् ।यहाँको फम कम्पनीमा पाण्डे अप्रेटरको रुपमा काम गर्छन् । कम्पनीमा दुई हजारभन्दा बढी नेपाली र बङ्गालीमध्ये २०० नेपाली नै छन् । यो कम्पनीमा लामो समयसम्म काम गरेकाले महीनामा रु दुई लाख पनि कमाउँछन् । कम्पनीभित्र केही समस्या छैन पर्याप्त सुविधा छ । बाहिर निस्कँदा भने चोरको खतरा हुन्छ ।

सुनसरी इटहरीका एमडी अमदाज मलेसियाकै जोहरबारुको एक गार्मेन्टमा काम गर्नुहुन्छ । काम राम्रो चलेका बेला महीनामा आरएम २५ सय देखि २९ सयसम्म कमाइ हुन्छ । कम्तीमा पनि दुई हजार हुन्छ । कम्पनीभित्र कुनै समस्या छैन। करीब १८ सय मजदूर रहेको उक्त कम्पनीमा नेपाली मात्रै एक हजारको सङ्ख्यामा कार्यरत छन् । नेपाली धेरै भएकाले काममा पनि रमाइलो हुने अमदाजको भनाइ छ ।विश्व पर्यटनको आकर्षणको रुपमा रहेको मलेसियाको सरकारी तथ्याङ्कअनुसार सन् २०१७ मा तीन करोड ५९ लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२० मा तीन करोड पर्यटक पु¥यउने मलेसियाको लक्ष्य रहेको बताइएको छ ।

वि.सं.२०७५ असोज १३ शनिवार १८:२७ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...