back

काङ्ग्रेसमा दुई खेमा हुदैन, विधान संशोधन आवश्यक – निधि

वि.सं.२०७५ असोज १३ शनिवार

309 

shares
GLOBAL IME AD
NTC AD

 

१३ असोज, तुलसीपुर । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा गुट उपगुट नरहेको दाबी गरेका छन् ।

शुक्रबारदेखि शुरु भएको काङ्ग्रेस प्रदेश नं ५ प्रदेशस्तरीय विधान संशोधन भेलाको समापन गर्दै उनले गुट उपगुटका कारण पार्टी कम्जोर भएको भन्दै केन्द्रदेखि स्थानीय तहसम्म एक हुनुपर्ने बताए ।

उपसभापति निधिले भने, “अब पार्टीका दुई खेमा हुदैन त्यसको अत्यका लागि केन्द्रदेखि स्थानीय सम्म एउटै हुने प्रयत्नमा छौँ, अब तपाईंहरु पनि पार्टीलाई एकढिक्का बनाएर बलियो पार्टी बनाउनतर्फ लााग्नुहोस् ।” उनले विभिन्न कारणले पार्टीले चुनावमा हार व्यहोर्नु परेको उल्लेख गर्दै काङ्ग्रेसलाई पहिलो पार्टी बनाउन आफूहरु लागेको बताए ।

पार्टीलाई आधुनिक राजनीतिक प्रणालीमा लैजान विधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै उपसभापति निधिले सङ्घीय संरचना, धर्मनिरपेक्षता, लोकतन्त्र, समाजवाद, अहिंसाजस्ता पार्टीको मुद्दालाई सार्थक रूपमा अगाडि बढाउनकै लागि विधान संशोधन आवश्यक भएको बताए ।

विधान संशोधन समितिका संयोजक रमेश लेखकले पार्टीको विधान समयसापेक्ष संशोधन गर्न आवश्यक भएकाले विधानलाई परिमार्जन गर्न लागिएको जानकारी दिए।

काङ्ग्रेस प्रदेश नं ५ अन्तर्गत दाङ, बाँके, बर्दिया, रुपन्देही, प्यूठान, रोल्पा, पश्चिम रुकुमका काङ्ग्रेस केन्द्रीय सदस्य, प्रदेश प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा सदस्य, सबै भ्रातृ सङ्गठनका प्रतिनिधि सहभागी भएको भेलामा विभिन्न पाँच भागमा विभाजन गरेर विधान मस्यौदामा सुझाव सङ्कलन गरिएको थियो ।

वि.सं.२०७५ असोज १३ शनिवार २०:४५ मा प्रकाशित

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरकै कमजोर पाइएको छ...

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी...

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार...

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु...

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’...