back
CTIZAN AD

काङ्ग्रेसमा दुई खेमा हुदैन, विधान संशोधन आवश्यक – निधि

वि.सं.२०७५ असोज १३ शनिवार

693 

shares

 

१३ असोज, तुलसीपुर । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा गुट उपगुट नरहेको दाबी गरेका छन् ।

शुक्रबारदेखि शुरु भएको काङ्ग्रेस प्रदेश नं ५ प्रदेशस्तरीय विधान संशोधन भेलाको समापन गर्दै उनले गुट उपगुटका कारण पार्टी कम्जोर भएको भन्दै केन्द्रदेखि स्थानीय तहसम्म एक हुनुपर्ने बताए ।

उपसभापति निधिले भने, “अब पार्टीका दुई खेमा हुदैन त्यसको अत्यका लागि केन्द्रदेखि स्थानीय सम्म एउटै हुने प्रयत्नमा छौँ, अब तपाईंहरु पनि पार्टीलाई एकढिक्का बनाएर बलियो पार्टी बनाउनतर्फ लााग्नुहोस् ।” उनले विभिन्न कारणले पार्टीले चुनावमा हार व्यहोर्नु परेको उल्लेख गर्दै काङ्ग्रेसलाई पहिलो पार्टी बनाउन आफूहरु लागेको बताए ।

पार्टीलाई आधुनिक राजनीतिक प्रणालीमा लैजान विधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै उपसभापति निधिले सङ्घीय संरचना, धर्मनिरपेक्षता, लोकतन्त्र, समाजवाद, अहिंसाजस्ता पार्टीको मुद्दालाई सार्थक रूपमा अगाडि बढाउनकै लागि विधान संशोधन आवश्यक भएको बताए ।

विधान संशोधन समितिका संयोजक रमेश लेखकले पार्टीको विधान समयसापेक्ष संशोधन गर्न आवश्यक भएकाले विधानलाई परिमार्जन गर्न लागिएको जानकारी दिए।

काङ्ग्रेस प्रदेश नं ५ अन्तर्गत दाङ, बाँके, बर्दिया, रुपन्देही, प्यूठान, रोल्पा, पश्चिम रुकुमका काङ्ग्रेस केन्द्रीय सदस्य, प्रदेश प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा सदस्य, सबै भ्रातृ सङ्गठनका प्रतिनिधि सहभागी भएको भेलामा विभिन्न पाँच भागमा विभाजन गरेर विधान मस्यौदामा सुझाव सङ्कलन गरिएको थियो ।

वि.सं.२०७५ असोज १३ शनिवार २०:४५ मा प्रकाशित

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...