back

भिसा लागिसकेका १७ हजार नेपाली मलेसिया जानबाट बन्चित, नयाँ प्रक्रियाबाट आउन सरकारको आग्रह

वि.सं.२०७५ असोज १४ आइतवार

330 

shares
GLOBAL IME AD
NTC AD

१४ असोज, काठमाडौँ । भिसा लागेर पनि मलेसिया जान नपाएका नेपाली कामदारलाई नयाँ प्रक्रियाबाट आउन सरकारले आग्रह गरेको छ ।
भिसा लागेर पनि जान नपाएका करिब १७ हजार नेपाली कामदारलाई नयाँ प्रक्रियाबाट मलेशिया लैजाने प्रक्रिया सुरु गरिएको हो ।

गत जेठ दुई गतेदेखि सरकारले मलेसिया जाने कामदारमाथि विभिन्न शीर्षकमा आर्थिक शोषण गर्दै आएका संस्था बन्द गरेसँग त्यहाँ जाने प्रक्रिया पूर्ण रुपमा बन्द भएको थियो ।
सरकारले गत २ जेठबाट मलेसियाका लागि नयाँ श्रम स्वीकृति जारी नगरेपछि भिसा लागेर पनि मलेसिया जान नपाएका कामदारले फेरि सुरुदेखि नै प्रक्रिया अपनाउनु पर्ने श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता डाक्टर नारायण रेग्मीले जानकारी दिए ।

अनावश्यक बढी शुल्क लिएर कामदारमाथि शोषण गरेको भन्दे सरकारले कामदार मलेसिया पठाउन रोकेको थियो । भिसा लागेर आएपछि मलेसिया नजाने आप्रवासी कामदारलाई त्यहाँको अध्यागमन विभागले कालोसूचीमा राख्ने कानुनी व्यवस्था छ । भिसा लागेको कामदार म्यादभित्र मलेसिया नपुगे ५ वर्ष कालोसूचीमा राख्ने गरेको छ । हालै नेपाल सरकार र मलेसियाबीच कामदारको सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने सहमति भएको छ । सहमति अनुसार नै नयाँ प्रक्रियाबाट शुन्य लागतमा नै कामदार मलेशिया पठाईने श्रम मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७५ असोज १४ आइतवार ०९:५९ मा प्रकाशित

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या भएको छ...

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क...

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह)ले जातीय भेदभाव तथा...

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौँ । गृहमन्त्री रमेस लेखकले जातीय विभेद र छुवाछूतका समस्या...

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली...

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण...