back
CTIZAN AD

भिसा लागिसकेका १७ हजार नेपाली मलेसिया जानबाट बन्चित, नयाँ प्रक्रियाबाट आउन सरकारको आग्रह

वि.सं.२०७५ असोज १४ आइतवार

693 

shares

१४ असोज, काठमाडौँ । भिसा लागेर पनि मलेसिया जान नपाएका नेपाली कामदारलाई नयाँ प्रक्रियाबाट आउन सरकारले आग्रह गरेको छ ।
भिसा लागेर पनि जान नपाएका करिब १७ हजार नेपाली कामदारलाई नयाँ प्रक्रियाबाट मलेशिया लैजाने प्रक्रिया सुरु गरिएको हो ।

गत जेठ दुई गतेदेखि सरकारले मलेसिया जाने कामदारमाथि विभिन्न शीर्षकमा आर्थिक शोषण गर्दै आएका संस्था बन्द गरेसँग त्यहाँ जाने प्रक्रिया पूर्ण रुपमा बन्द भएको थियो ।
सरकारले गत २ जेठबाट मलेसियाका लागि नयाँ श्रम स्वीकृति जारी नगरेपछि भिसा लागेर पनि मलेसिया जान नपाएका कामदारले फेरि सुरुदेखि नै प्रक्रिया अपनाउनु पर्ने श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता डाक्टर नारायण रेग्मीले जानकारी दिए ।

अनावश्यक बढी शुल्क लिएर कामदारमाथि शोषण गरेको भन्दे सरकारले कामदार मलेसिया पठाउन रोकेको थियो । भिसा लागेर आएपछि मलेसिया नजाने आप्रवासी कामदारलाई त्यहाँको अध्यागमन विभागले कालोसूचीमा राख्ने कानुनी व्यवस्था छ । भिसा लागेको कामदार म्यादभित्र मलेसिया नपुगे ५ वर्ष कालोसूचीमा राख्ने गरेको छ । हालै नेपाल सरकार र मलेसियाबीच कामदारको सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने सहमति भएको छ । सहमति अनुसार नै नयाँ प्रक्रियाबाट शुन्य लागतमा नै कामदार मलेशिया पठाईने श्रम मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७५ असोज १४ आइतवार ०९:५९ मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...