१४ असोज, काठमाडौं । पर्वत जिल्लाको पैञ्यू गाउँपालिका वडा नं ३ साविकको बेउलीवास चिलुवामा अमेरिकी परियोजना शुरुवात गरिएको छ ।
अमेरिकी दूतावास युवा परिषद्को आयोजनामा विषदीरहित परिकार निर्माणमा जोड दिइएर शुरु गरिएको उक्त कार्यक्रममा फर्माकल्चर तालिम समेत दिइएको थियो । पर्वत स्याङ्जा र कास्की समेतका गरी करिब ५० जना युवालाई छनौट गरिएको उक्त कार्यक्रमको संयोजन दुइदैले फर्मले गरेको थियो ।
कृषि विषयमा हालै स्नातक संजय काफ्ले अमेरिकी दूतावासको युवा परिषद्मा आबद्ध रहेका छन् । उनले कृषि र प्रविधिका विषयमा जागरण फैलाउने तथा केही काम आफ्नै गाउँमा सुरु गर्ने बताउँदै आएका थिए । ‘माटोको सेवा गराउने धोको थियो, केही गर्ला की जस्तो छ,’ उनका बाबु खिमानन्द काफ्लेले संसारन्युजसँग प्रतिक्रिया दिए ।

शारीरिक रुपमा अशक्त रहेर नमुना काम गर्दै आएका कृषि अभियन्ता रुक्मागत न्यौपानेले भने, ‘पैञ्युमा नै टिकाउन सके यो वावुले गर्छनै ।’
‘गाउँघरमा रम्न सक्ने र बस्न सक्ने बनाउँछु भन्दै एग्रो टुरिजममा अघि बढेका संजय काफ्लेले भने, ‘प्रयास हो, सबैको साथ र सद्भाव पाए अघि बढ्न सकिन्छ ।’
वि.सं.२०७५ असोज १४ आइतवार १६:२३ मा प्रकाशित






























