back
CTIZAN AD

दुई करोड डलर दण्ड तिर्न परेपछि इलोन मस्कले टेस्लाको अध्यक्ष पद छाडे

वि.सं.२०७५ असोज १४ आइतवार

588 

shares

१४ असोज, वासिङ्टन । विद्युतीय कार निर्माता टेस्ला कम्पनीको अध्यक्ष पदबाट इलोन मस्कले राजीनामा दिने घोषणा गरेका छन् । अमेरिकी धितोपत्र बोर्डले मस्कमाथि दुई करोड डलर दण्ड जरिवाना गर्ने निर्णय गरेको तर उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा यथावत रहने जनाएको छ ।

यो सम्झौताले पछिल्ला दिनमा मस्क विरुद्ध परेको दबाब केही कम भएको छ । मस्कले केहीअघि ट्वीट गर्दै टेस्ला कम्पनी निजी रहेको धारणा सार्वजनिक गरेपछि स्वामित्वको विषयलाई लिएर विवाद चुलिएको थियो ।

“कम्पनीको कर्पोरेट सुशासन र टेस्लाभित्रका अन्य सुधार तथा दण्ड जरिवानाको भुक्तानीमा सहमति भएको छ, तर यो विषयमा अदालतको सहमति लिन बाँकी छ,” धितोपत्र बोर्डको विज्ञप्तिमा उल्लेख छ ।

मस्कमाथि सेयरमा धाँधली गरेको तथा अगस्ट ७ मा ट्वीट गरी लगानीकर्तामाथि भ्रम सिर्जना गरेको आरोप लगाइएको छ । मस्कले ट्वीट गरी टेस्लाको सेयर प्रतिसेयर ४२० अमेरिकी डलरमा सेयर बिक्री गरी निजीकरण गर्ने बताएका थिए ।

यो घोषणासँगै टेस्लाको सेयर मूल्य बढेको थियो । अमेरिकी नियामक निकायको हस्तक्षेप पछि मस्कले उक्त योजना त्याग्ने निर्णय गरेका थिए ।

“कम्पनीका भित्री व्यक्तिले यस्ता वक्तव्य दिँदा जिम्मेवारीपूर्ण किसिमबाट गर्नुपर्दछ,” धितोपत्र बोर्डका अध्यक्ष जे क्लेटोनले बताए ।

सम्झौताअनुसार बजार र लगानीकर्ताको सर्वोत्तम हितलाई ध्यानमा राखी मस्कले टेस्ला कम्पनीको अध्यक्ष पदमा कम्तीमा तीन वर्ष रहन पाउने छैनन्, र कम्पनीमा स्वतन्त्र व्यक्तिले अध्यक्षको जिम्मेवारी पाउनेछन् ।

वि.सं.२०७५ असोज १४ आइतवार १७:३९ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...