back
CTIZAN AD

पीपीएल अक्सन : यी हुन सबैभन्दा महँगा खेलाडी

वि.सं.२०७५ असोज १५ सोमवार

585 

shares

१५ असोज, काठमाडौँ । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० लिगको लागि प्लेअर अक्सनबाट सहभागी कलबहरुले खेलाडी छनोट गरेका छन् ।
जस अनुसार राष्ट्रिय टिमका ७ खेलाडी सबैभन्दा धेरै रकममा बिक्री भएका छन् । जसअन्तर्गत बसन्त रेग्मी, सागर पुन, अनिल कुमार शाह, करण केसी, विनोद भण्डारी, आरिफ शेख र रोहित कुमार पौडेललाई सर्वाधिक भाउमा बोली लागेको थियो ।
राष्ट्रिय टिममा रहेका मध्ये ललित भण्डारी २ लाखमा बुटवल ब्लास्टर्समा तथा ललित राजवंशी १ लाखमा पोखरामा अनुबन्ध भए । यस बाहेक राष्ट्रिय टिमबाट सन्यासको घोषण गरिसकेका भेट्रान स्पीनर शक्ति गौचनलाई चितवन टाइगर्सले अन्तिममा विचलिस्टमार्फत पेनाल्टी तिरेर लियो।

त्यसमध्ये चितवनले सबैभन्दा बढी तीन खेलाडी अनिल कुमार शाह, करण केसी र आरिफ शेखलाई लिन सफल भयो । यस्तै पोखरा पल्टनले रोहित पौडेल र विनोद भण्डारी, काठमाडौँ रोएल्सले बसन्त रेग्मी बुटवल ब्लास्टर्सले सागर पुनलाई किनेको हो ।

यसैगरी उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका मध्ये पवन सराफ, शहाब आलम, अमित श्रेष्ठ, भिम शार्की, कमल सिंह ऐरीलाई म्याक्सिमम प्राइज १ लाख ५० हजारसम्मको बोली लागेको थियो । जसमध्ये पवन र अमितलाई काठमाडौँले लिन सफल भयो भने शहाबलाई विराटनगरले, कमललाई धनगढी र भिमलाई बुटवलले लियो।

कुन टिमले कुन खेलाडी कति रकममा लिए :

विराटनगर टाईटन्स

दिपेश श्रेष्ठ – ९० हजार

शाहब आलम – १ लाख ५० हजार

जितेन्द्र मुखिया – ७५ हजार

राजेश पुलामी – १ लाख ५० हजार

किशोर महतो – ९० हजार

पुष्प थापा – ५० हजार

प्रदिप ऐरी – २ लाख ४० हजार

राजु रिजाल – ८५ हजार

जितेन्द्र सिंह ठकुरी – ७० हजार

सुनिल धमला – २ लाख २० हजार

रविन जोशी – ३० हजार

हिमान्सु दत्त – ५० हजार

बुटवल ब्लास्टर्स

मो संसद शेख -६० हजार

सिदान्त लोहनी – १ लाख ६० हजार

हरि चौहान – १ लाख

ललित सिंह भण्डारी – २ लाख

शंकर राना – ८० हजार

पुरण बिक – ३० हजार

सागर पुन – २ लाख ५० हजार

हसिम अन्सारी – ५० हजार

भिम सार्की – १ लाख ५० हजार

प्रकास केसी – ५० हजार

अविनाश बोहोरा – १ लाख

नितेश थापा – ३० हजार

बिपिन खत्री – ३० हजार

चितवन राइनोज

अनिल कुमार साह – २ लाख ५० हजार

भुवन कार्की – १ लाख ५० हजार

राम नरेश गिरी – ८५ हजार

करण केसी – २ लाख ५० हजार

आरिफ शेख – २ लाख ५० हजार

सुमित महर्जन – ५० हजार

सोनु तामाङ – ८५ हजार

विनोद लामा – ७० हजार

हरि शंकर साह – ९० हजार

शक्ति गौचन ९ २ लाख ६२ हजार ५ सय

एक्स्पर्ट धनगढी ब्लुज

मन्जित श्रेष्ठ – ५० हजार

योगेन्द्र सिंह कार्की – १ लाख १० हजार

सन्तोस भट्ट – ९० हजार

रोबिन क्षेत्री -६० हजार

सन्दीप सुनार – ९० हजार

कमल सिंह ऐरी – १ लाख ५० हजार

दिलीप नाथ – २ लाख ४० हजार

सागर ढकाल – १ लाख ३० हजार

सन्दीप जोरा – ९० हजार

फिर्दोष अन्सारी – ३० हजार

सौरभ खनाल – १ लाख

विक्रम ठगुन्ना – ३० हजार

सन्दीप रजाली – ३० हजार

काठमाडौं रोयल्स 

पवन सर्राफ – १ लाख ५० हजार

सुशन भारी – १ लाख ५० हजार

पृथु बास्कोटा – १ लाख २० हजार

अमर सिंह राउटेला – १ लाख

आदिल खान – ५० हजार

नरेश बुढाएर – २ लाख ३० हजार

नन्दन यादव – ५० हजार

बसन्त रेग्मी -२ लाख ५० हजार

अमित श्रेष्ठ – १ लाख ५० हजार

सुमित झा – ३० हजार

पोखरा पल्टन 

रोहित कुमार पौडेल – २ लाख ५० हजार

बिनोद भण्डारी – २ लाख ५० हजार

ललित नारायण राजवंशी – १ लाख

रशिद खान – ७० हजार

कृष्ण कार्की – १ लाख

कुशल भुर्तेल – १ लाख ५० हजार

बिक्रम भुसाल – ५० हजार

मेहबुब आलम – १ लाख ६० हजार

आशिफ शेख – ८० हजार

दिभ्यान्सु मलिक – ३० हजार

इशान पाण्डे – ५० हजार

वि.सं.२०७५ असोज १५ सोमवार ०९:१५ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...