back
CTIZAN AD

व्यापार सम्झौताप्रति वातावरण समूहहरुको शङ्का

वि.सं.२०७५ असोज १६ मंगलवार

660 

shares

१६ असोज, मन्ट्रियल । वातावरणका क्षेत्रमा क्रियाशील ग्रीनपिस र सिएरा क्लबलगायतका संस्थाहरुले अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता (युएसएमसीए) मा वातावरणीय मुद्दाहरुमा कमजोर प्रावधान राखिएको भन्दै आलोचना गरेका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो सम्झौताले उत्तर अमेरिकालाई पुनः “औद्योगिक उत्पादनमा महाशक्ति” बनाउने र त्यसले अमेरिकी आर्थिक वृद्धि हुने घोषणा गरेको थियो । यो सम्झौताले करिब २० वर्षअघिको उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई प्रतिस्थापन गर्नेछ ।

क्यानडाको ओटावामा पत्रकार सम्मेलन गर्दै क्यानडाकी विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले व्यापार सम्झौतामा हावाको गुणस्तरमा ध्यान दिनेगरी नयाँ वातावरण अध्याय राखिएको बताए । “अहिले राखिएका वातावरणीय प्रावधानहरु विगतका भन्दा बलिया छन ।”

तर आलोचकहरुले झण्डै १२ खर्ब डलरको यो व्यापार सम्झौताले विश्वको वातावरण र जनसंख्यालाई समानुपातिक रुपमा समेट्न बताएका छन । सामाजिक पक्षमा बढी वकालत गर्ने क्यानेडाली परिषदले सम्झौतामा “जलवायू परिवर्तन” लाई नराखिएकोमा दुःख व्यक्त गरेको छ ।

नाफ्टामा रहेको गलत नियमलाई अहिलेको सम्झौतामा पनि राखिएको छ र खनिज तेल उद्योगको वृद्धिलाई स्वागत गरिएको छ, ग्रीनपिसका तर्फबाट वक्तव्य जारी गर्दै चार्ली क्रेले बताए ।

नयाँ सम्झौतामा जलवायू परिवर्तनलाई समावेश नगर्नु मात्र होइन कि जलवायू सङ्कटमा समूहले गरेका कार्यहरुमा पनि प्रश्न उठाइएको छ, सिएरा क्लबले भनेको छ ।

ट्रम्पको नेतृत्वमा रहेको संयुक्तराज्य अमेरिका यसअघि नै पेरिस जलवायू सम्झौताबाट अलग भइसकेको छ । यो सम्झौताले दुई डिग्री सेल्सियसले विश्वको तापक्रमलाई घटाउने लक्ष्य राखेको छ ।

आलोचकहरुले जेसुकै भनेपनि सम्झौतामा केही राम्रा कुराहरु राखिएको छ ।

पुरानो नाफ्टा सम्झौतामा वातावरणसम्बन्धी अलग अध्याय राखिएको थिएन । नयाँ सम्झौतामा समुद्रको प्लास्टिक प्रदूषणलाई विशेष रुपमा महत्व दिइएको छ किनभने समुद्रको प्रदूषणमा प्लास्टिकले सबैभन्दा ठूलो चुनौती खडा गरेको छ ।

वि.सं.२०७५ असोज १६ मंगलवार १४:४७ मा प्रकाशित

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

जेनेभा  । संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि...

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

कोलम्बो ।  श्रीलङ्काको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...