back
CTIZAN AD

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १ हजार २३४ पुग्यो ,इन्डोनेसियामा पुनः शक्तिशाली भूकम्पहरु

वि.सं.२०७५ असोज १६ मंगलवार

735 

shares

१५ असोज , जाकार्ता । इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १ हजार २३४ पुगेको छ ।

यसअघि सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार मृतक सङ्ख्या ८४४ पुगेको थियो । तर स्थानीय समयानुसार मङ्गलबार अपराह्न १ बजेसम्म भूकम्प र यसपछिको सुनामीमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार २३४ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायमा प्रवक्ता सुटोपो नुग्रोहोले बताएको छ ।

यसैबीच इन्डोनेसियाको दक्षिणी तटीय क्षेत्रमा रहेको सुम्बा द्वीपमा मङ्गलबार विहान दुई ओटा भूकम्प गएको छ । मङ्गलबार बिहान सुम्बा द्वीपबाट करिब ४० किलोमिटर टाढा रहेको स्थान ५.९ म्याग्नीच्यूडको भूकम्पबाट प्रभावित भएको बताइएको छ ।

यस द्वीपमा करिब ७ लाख ५० हजार व्यक्तिको बसोवास रहेका छ ।
यस भूकम्पको करिब १५ मिनेट पछि सोही इलाकामा ३० किलोमिटर गहिराईमा ६.० म्याग्नीच्यूडको अर्को शक्तिशाली भूकम्प गएको थियो । सुम्बा द्वीप सुलावेसी द्वीपबाट करिब १ हजार ६ सय किलोमिटर दक्षिणतर्फ पर्दछ ।

शुक्रबार शक्तिशाली भूकम्प गएको इन्डोनेसियामा मङ्गलबार विहानको भूकम्पबाट पुनः त्रास फैलिएको बताइएको छ ।

वि.सं.२०७५ असोज १६ मंगलवार १४:५१ मा प्रकाशित

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

जेनेभा  । संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि...

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

कोलम्बो ।  श्रीलङ्काको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...