back
CTIZAN AD

पहिरो प्रभावित चर्चमा दर्जनौँ विद्यार्थीको शव

वि.सं.२०७५ असोज १६ मंगलवार

747 

shares

१६ असोज, पालु, इन्डोनेसिया । इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार आएको शक्तिशाली भूकम्पपछि गएको पहिरोमा परी डुबेको एक चर्चबाट दर्जनौँ विद्यार्थीको शव निकालिएको छ ।

पहिरोबाट प्रभावित यस चर्चमा फसेका विद्यार्थीहरुको खोजीकार्य व्यापक रुपमा जारी राखिएको थियो । सो कुराको जानकारी यहाँस्थित रेडक्रसले दिएको छ ।

इन्डोनेसियाको रेडक्रसका प्रवक्ता आउलिया एर्रिआनीले एएफपी समाचार समितिलाई सो चर्चको भग्नावशेषबाट करिब ३४ जना विद्यार्थीको शव निकालिएको बताएको छ । भूकम्पपछि गएको पहिरोले प्रभावित यस चर्चमा ८६ विद्यार्थी वेपत्ता भएका छन ।

इन्डोनेसियामा गत शुक्रबार आएको भूकम्प र त्यसपछिको सुनामीबाट प्रभावितमध्ये करिब २ लाख व्यक्तिलाई तत्काल सहयोगको आवश्यकता रहेको पनि एक समाचारमा जनाइएको छ । प्रभावितमध्ये ४६ हजार जना बालबालिका रहेका छन भने अरु १४ हजार वृद्धवृद्धा रहेका छन ।

इन्डोनेसियाको तटीय सहर पालुमा शुक्रबार ७।५ म्याग्निच्यूडको शक्तिशाली भूकम्पबाट १ हजार २३४ व्यक्तिको मृत्यु भईसेकेको छ । इन्डोनेसियामा गएको भूकम्पको कारण तटीय क्षेत्रमा रहेको पालु शहर बढी प्रभावित भएको छ ।

यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

वि.सं.२०७५ असोज १६ मंगलवार १४:५५ मा प्रकाशित

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

जेनेभा  । संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि...

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

कोलम्बो ।  श्रीलङ्काको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...