back
CTIZAN AD

एनआरएनए फिनल्याण्डद्धारा अभिभावकत्व ग्रहण

वि.सं.२०७५ असोज १६ मंगलवार

645 

shares

१६ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डले महोत्तरी जिल्लामा विद्यालय बाहिर रहेका ५५ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको छ ।

सरकारले सुरुवात गरेको अभिभावकत्व ग्रहण कार्यक्रमलाई सहयोग र्पुयाउने उद्धेश्यले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाका बालबालिकहरुलाई विद्यालय भर्ना गराउने कार्यको आज एक कार्यक्रमका वीच शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सुभारम्भ गरे ।

सो कार्यक्रममा विद्यार्थीहरुलाई स्थानीय महेन्द्र राष्ट्रिय उच्च मावि र जनता प्राथमिक विद्यलयमा भर्ना गराई झोला, लत्ताकपडा र स्टेसनरी आदी शैक्षिक सामाग्री वितरण समेत गरिएको छ ।

शैक्षिक सामग्री, झोला, कपडा र खाजामा गरि प्रति बर्ष हरेक विद्यार्थीले ६ हजार रुपैयाँ बराबरको सहयोग प्राप्त गर्नेछन् । शैक्षिक सामग्री वितरण, अनुगमन लागायतका ब्यवस्थापकीय कार्यका लागि ६ सदस्यीय संचालक समिति गठन गरिएको छ ।

अभिभावकहरुलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन तथा घरमा समेत पढ्ने वातावरण सृजना गर्न हरेक बर्ष उत्कृष्ट अभिभावकहरुलाई पुरस्कार र सम्मान प्रदान गरिने एनआरएनए फिनल्याण्डले जनाएको छ ।

अभिभावकत्व ग्रहणका लागि श्रोत जुटाउन गत अगष्टमा फिनल्याण्डको राजधानी हेलसिन्किमा मैत्रीपूर्ण दौड प्रतियोगिता रन फर नेपालको आयोजना गरिएको थियो । भर्ना गरिएका विद्यार्थीहरुलाई उनीहरुले विद्यालय शिक्षा पार गरुन्जेल सहयोग प्रदान गर्न पहल गरिने एनआरएनए फिनल्याण्डले जनाएको छ ।

कार्यक्रमको दिगोपनका लागि शिक्षा मन्त्रालय तथा रामगोपालपुर नगरपालिकाले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

वि.सं.२०७५ असोज १६ मंगलवार १५:१० मा प्रकाशित

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...