back
CTIZAN AD

सेप्टेम्बरमा भएका आतङ्ककारी आक्रमणमा २ सय ४० को मृत्यु

वि.सं.२०७५ असोज १६ मंगलवार

558 

shares

१६ असोज, काबुल । अफगानिस्तानमा सेप्टेम्बर महिनामा भएका आतङ्ककारी आक्रमणहरुमा परी करिब २ सय ४० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३ सय ५० जना घाइते भएका एक मानवअधिकारवादी समूहले मङ्गलबार जानकारी दिएको छ ।

अफगानिस्तानका ३४ प्रान्तमध्ये २० ओटामा भएको आतङ्ककारी आक्रमणमा ठूलो नागरिक हताहत भएको मानवअधिकारवादी समूह सिपिएजीद्वारा जारी एक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको मुहमद दारा जिल्लामा सेप्टेम्बर ११ मा एक विरोध प्रदर्शनलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा ६८ व्यक्तिको मृत्यु हुनको साथै १६५ घाइते भएका थिए ।

अफगानिस्तानका विभिन्न १२ प्रान्तमा गत महिना अफगान र विदेशी सैन्य बलले गरेको हवाई तथा स्थल कारबाहीमा परी करिब १ सय २३ व्यक्ति हताहत भएका थिए । त्यसैगरी आतङ्ककारी आक्रमणहरुमा परी कम्तीमा १०३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका सिपिएजीले जानकारी दिएको छ ।

सिपिएजीले सर्वसाधारण नागरिकको ज्यान जानेगरी रात्री समयमा हुने सुरक्षा कारबाहीलाई रोक्न पनि जारी विज्ञप्तिमा अपिल गरेको छ ।

गत अगस्ट महिनामा अफगानिस्तान भरमा भएका आतङ्ककारी आक्रमणहरुमा २६२ व्यक्तिको मृत्यु हुनको साथै अन्य ५२४ घाइते भएका सिसिएजिद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

वि.सं.२०७५ असोज १६ मंगलवार १५:१९ मा प्रकाशित

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

जेनेभा  । संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि...

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

कोलम्बो ।  श्रीलङ्काको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...