back

शिते इस्लामिक केन्द्रहरुमा फ्रान्सेली प्रहरीको छापा

वि.सं.२०७५ असोज १६ मंगलवार

318 

shares
GLOBAL IME AD
NTC AD

१६ असोज, लिल्ले, फ्रान्स। उत्तरी फ्रान्सको शिते इस्लामिक केन्द्रका मुख्यालयहरु तथा यसका नेताहरुका घरमा करिब २०० फ्रान्सेली प्रहरीले छापा पारेको छ । सुरक्षा स्रोतहरुले यी शंकास्पद व्यक्ति र संस्थाहरुले आतङ्कवादी संस्थाहरुलाई मद्दत गरेको जनाएका छन ।

आतङ्कवादी कृयाकलापबाट हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखी ग्रान्ड सिन्थेस्थित जाहरा सेन्टरको कार्यालयमा प्रहरीले छापा मारेको क्षेत्रीय प्रहरीले जनाएको छ । सुरक्षा स्रोतका अनुसार यसक्रममा ११ जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले उक्त सेन्टरको सम्पत्ति पनि रोक्का राखेको छ । यो सेन्टरको नेतृत्व याहिआ गौसमीले गरिरहेको छ । उनीमाथि इरानसँग नजिकिएको र यहूदी बिरोधी धारणा सार्वजनिक गर्ने गरेको आरोप छ ।

प्रहरीले उक्त सेन्टरका गतिविधिहरुलाई नजिकबाट नियालीरहेको जनाएको छ । यो सेन्टरले धेरैवटा आतङ्कवादी संस्थालाई मद्दत गरेको तथा फ्रान्सका नीति नियमभन्दा फरक धारणा राख्दै आएको फ्रान्सेली अधिकारीहरुले बताएका छन ।

सेन्टरको वेबसाइटमा सन २००९ मा सेन्टर स्थापना भएयता यसले इस्लाम धर्मका बारेमा जानकारी दिने गरेको उल्लेख छ । इरानी विपक्षी समूहले गत जुनमा फ्रान्समा आयोजना गरेको भेलामा बम हमला गर्ने योजनामा यो सेन्टरसँग आबद्ध व्यक्तिको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरीले बेल्जियम, फ्रान्स र जर्मनीबाट पनि ६ जनालाई पक्राउ गरेको छ । यो बम हमलामा इरानी कुटनीतिज्ञको समेत संलग्नता रहेको बताइन्छ ।

सन २०१५ देखि निरन्तर भइरहेका इस्लामिक आक्रमणपछि फ्रान्समा उच्च सतर्कता अपनाइएको छ । यसबीचमा इस्लामिक आक्रमणमा दुई सय ४६ जनाको मृत्यु भइसकेको छ ।

वि.सं.२०७५ असोज १६ मंगलवार १५:२५ मा प्रकाशित

इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

गाजा सिटी । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी...

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाइ

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाइ

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को...

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

रामल्ला । गाजामा रहेको भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी...

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

टोकियो । जापानमा माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य बृद्धि भइरहेको छ...

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

बेइजिङ ।    चीनले सन् २०२४ मा एक करोड २५...

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

इस्तानबुल । टर्कीएको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको...