back
CTIZAN AD

शिते इस्लामिक केन्द्रहरुमा फ्रान्सेली प्रहरीको छापा

वि.सं.२०७५ असोज १६ मंगलवार

759 

shares

१६ असोज, लिल्ले, फ्रान्स। उत्तरी फ्रान्सको शिते इस्लामिक केन्द्रका मुख्यालयहरु तथा यसका नेताहरुका घरमा करिब २०० फ्रान्सेली प्रहरीले छापा पारेको छ । सुरक्षा स्रोतहरुले यी शंकास्पद व्यक्ति र संस्थाहरुले आतङ्कवादी संस्थाहरुलाई मद्दत गरेको जनाएका छन ।

आतङ्कवादी कृयाकलापबाट हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखी ग्रान्ड सिन्थेस्थित जाहरा सेन्टरको कार्यालयमा प्रहरीले छापा मारेको क्षेत्रीय प्रहरीले जनाएको छ । सुरक्षा स्रोतका अनुसार यसक्रममा ११ जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले उक्त सेन्टरको सम्पत्ति पनि रोक्का राखेको छ । यो सेन्टरको नेतृत्व याहिआ गौसमीले गरिरहेको छ । उनीमाथि इरानसँग नजिकिएको र यहूदी बिरोधी धारणा सार्वजनिक गर्ने गरेको आरोप छ ।

प्रहरीले उक्त सेन्टरका गतिविधिहरुलाई नजिकबाट नियालीरहेको जनाएको छ । यो सेन्टरले धेरैवटा आतङ्कवादी संस्थालाई मद्दत गरेको तथा फ्रान्सका नीति नियमभन्दा फरक धारणा राख्दै आएको फ्रान्सेली अधिकारीहरुले बताएका छन ।

सेन्टरको वेबसाइटमा सन २००९ मा सेन्टर स्थापना भएयता यसले इस्लाम धर्मका बारेमा जानकारी दिने गरेको उल्लेख छ । इरानी विपक्षी समूहले गत जुनमा फ्रान्समा आयोजना गरेको भेलामा बम हमला गर्ने योजनामा यो सेन्टरसँग आबद्ध व्यक्तिको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरीले बेल्जियम, फ्रान्स र जर्मनीबाट पनि ६ जनालाई पक्राउ गरेको छ । यो बम हमलामा इरानी कुटनीतिज्ञको समेत संलग्नता रहेको बताइन्छ ।

सन २०१५ देखि निरन्तर भइरहेका इस्लामिक आक्रमणपछि फ्रान्समा उच्च सतर्कता अपनाइएको छ । यसबीचमा इस्लामिक आक्रमणमा दुई सय ४६ जनाको मृत्यु भइसकेको छ ।

वि.सं.२०७५ असोज १६ मंगलवार १५:२५ मा प्रकाशित

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

जेनेभा  । संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि...

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

कोलम्बो ।  श्रीलङ्काको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...