back
CTIZAN AD

सिंहदरबारमा बन्दै १० अर्बको संसद् भवन

वि.सं.२०७५ असोज १७ बुधवार

804 

shares
फाइल फोटो

१७ असोज, काठमाडौं । सरकारले करिब १० अर्ब रुपैयाँ खर्च गरेर संघीय संसद् भवन बनाउने भएको छ । सिंहदरबार भित्र प्रधानमन्त्री कार्यालय पछाडिको पुतली बगैचामा भवन बनाउन प्रक्रिया अगाडि बढेको हो ।
भवन सुरुमा डिजाइन र त्यसपछिका निर्माणका लागि सार्वजनिक खरिद ऐन अनुसार ठेक्का दिने प्रक्रिया सुरु भएको सहरी विकास मन्त्री इस्तियाक राईले जानकारी दिए । राईका अनुसार सिंहदरबारमा बन्ने संघीय संसद् भवनको प्रारम्भिक प्रतिवेदन तयार भइसकेको पनि आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
सरकारले कम्तिमा १५ देखि ३० वर्ष सम्मको समयावधिको सर्त राखेर त्यस अबधिभित्रको जिम्मेवारी निर्माता कम्पनीले नै लिनुपर्ने व्यवस्था गर्ने मन्त्री राईले जनाए । पुल भाँचिदा र सडक बिग्रदा कसले जिम्मा लिने भन्ने समस्या देखिएपछि त्यस्तो नहोस् भनेर ठेकेदारले नै जिम्मा लिनुपर्ने सर्त राख्न लागिएको हो ।

वि.सं.२०७५ असोज १७ बुधवार ०६:४७ मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...