

१७ असोज, काठमाडौं । सरकारले करिब १० अर्ब रुपैयाँ खर्च गरेर संघीय संसद् भवन बनाउने भएको छ । सिंहदरबार भित्र प्रधानमन्त्री कार्यालय पछाडिको पुतली बगैचामा भवन बनाउन प्रक्रिया अगाडि बढेको हो ।
भवन सुरुमा डिजाइन र त्यसपछिका निर्माणका लागि सार्वजनिक खरिद ऐन अनुसार ठेक्का दिने प्रक्रिया सुरु भएको सहरी विकास मन्त्री इस्तियाक राईले जानकारी दिए । राईका अनुसार सिंहदरबारमा बन्ने संघीय संसद् भवनको प्रारम्भिक प्रतिवेदन तयार भइसकेको पनि आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
सरकारले कम्तिमा १५ देखि ३० वर्ष सम्मको समयावधिको सर्त राखेर त्यस अबधिभित्रको जिम्मेवारी निर्माता कम्पनीले नै लिनुपर्ने व्यवस्था गर्ने मन्त्री राईले जनाए । पुल भाँचिदा र सडक बिग्रदा कसले जिम्मा लिने भन्ने समस्या देखिएपछि त्यस्तो नहोस् भनेर ठेकेदारले नै जिम्मा लिनुपर्ने सर्त राख्न लागिएको हो ।
वि.सं.२०७५ असोज १७ बुधवार ०६:४७ मा प्रकाशित