back
CTIZAN AD

बङ्गलादेशको विकासबारे प्रवचन

वि.सं.२०७५ असोज १९ शुक्रवार

729 

shares


१९ असोज,काठमाडौँ। बितेका दश वर्षमा बङ्गलादेशले गरेको विकास झल्कने गरी आज यहाँस्थित बङ्गलादेशी राजदूतावासमा चौथो बङ्गलादेश विकास मेला आयोजना गरियो ।

त्यस अवसरमा बङ्गलादेश र नेपालका अधिकारीहरुले बितेका एक दशकमा बङ्गलादेशले आर्थिक एवं सामाजिक क्षेत्रमा हासिल गरेका प्रगतिका साथै अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नतिका निम्ति गरेको उपलब्धिबारे चर्चा गरे ।

नेपालका लागि बङ्गलोदशका राजदूत मास्फी बिन्टे शाम्सले बङ्गलादेशका राष्ट्रपति बङ्गबन्धुले आफ्नो देशको विकासका निम्ति देख्नुभएको सपना उनकी छोरी हसिनाको प्रधानमन्त्रीत्वमा क्रमशः पूरा भइरहेको बताइन् ।

उहाँले गरीबी घटाउनु बङ्गलादेश सरकारको पहिलो लक्ष्य भएको जानकारी दिँदै छोरीहरुलाई स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था, लैङ्गिक समानता, ऊर्जा उत्पादन र निर्यात प्रवद्र्धनलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको धारणा व्यक्त गरिन्।

भौगोलिक रुपमा देश सानो तर अधिक जनसङ्ख्या भएको बङ्गलादेशको जनसङ्ख्या नियन्त्रणलाई व्यवस्थापन गरिएको भन्दै उनले ऐतिहासिक रुपमा नै समृद्ध बङ्गलादेशलाई आधुनिक युगमा पनि समृद्ध बनाउन वर्तमान नेतृत्वले निरन्तर काम गरिरहेको बताइन्।

वि.सं.२०७५ असोज १९ शुक्रवार २०:५२ मा प्रकाशित

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमन...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत...

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...