back
CTIZAN AD

यस्तो छ नोबेल शान्ति पुरस्कार विजेता मुक्वेको कहानी, जसले आँसुनै खसालिदिन्छ

वि.सं.२०७५ असोज २० शनिवार

765 

shares

यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोका स्त्रीरोग विशेषज्ञ डाक्टर डेनिस मुक्वेगे र महिला अधिकार कार्यकर्ता नादिया मुरादले पाएका छन् ।

डेनिस मुक्वेगे डेमोक्रेडिक रिपब्लिक अफ कंगोमा कार्यरत एकस्त्री रोग विशेषज्ञ हुन् । मुक्वेगे र उनका सहकर्मीहरुले ३० हजार भन्दा बढी बलात्कार पीडितहरुको उपचार गरेका छन् र यौन हिंसाका शिकार भएका महिलाहरुको उपचारमा उनले विशेषज्ञता हासिल गरेका छन् । मुक्वेगेको कहानीले बलात्कार, युद्धमा हतियारको रुपमा प्रयोग गरिएको विवरण दिन्छ ।

नोवेल शान्ति पुरस्कार विजेता मुक्वेकै भनाइमा
जब युद्ध सुरुभयो, पूर्वि डेमोक्रेटिक रिपब्लिक अफ कंगोको लेमेरा स्थित मेरो अस्पतालमा ३५ विरामीको मृत्यु भयो । म बुकाबुमा भागेर आए । र यहाँ मैले टुंटमा अस्पताल सुरु गरे । मैले प्रसुति गृह सुरु गरे । जसमा अपरेशन थियटर पनि थियो ।

तर, १९९८ मा फेरि सबै बिग्रियो । मलाई एकवर्ष (१९९९) मा सबै नयाँ तरिकाबाट जोड्न सुरु गर्नुपर्यो । त्यसवर्ष पहिलोपटक बलात्कार पीडित महिला हाम्रो अस्पतालमा आइन् । बलात्कार गरेपछि उनको यौनांगमा र जाँघमा गोली हानिएको थियो ।

मलाई लाग्यो, यो युद्धका बेला गरिएको बर्बर क्रुरता हो । तर, मलाई तीन महिनापछि यस्तो झट्का लाग्यो कि, ती महिलाको जस्तै ४५ अन्य पीडित महिला हाम्रो अस्पतालमा आए । उनीहरुको कहानी पनि यस्तै थियो । उनीहरु सबैले यहि बताए कि ‘मानिसहरु हाम्रो गाउँमा आए, बलात्कार गरेर हामीलाई यातना दिए ।’

केही महिला यस्ता पनि आएका थिए कि, उनीहरुको शरीर जलेको थियो । उनीहरुले बताए, बलात्कारपछि उनीहरुको यौनांगमा रसायन हालिदिएका थिए ।

मलाई उनीहरुको कुरा सुन्दा लाग्यो, आखिर यो सब के भइरहेको छ, यो सिर्फ युद्धमा गरिएको हिंस्रक कार्य थिएन, कुनै रणनीतिको हिस्सा थियो ।

धेरैपटक महिलाहरुको समुहमा सार्बजनिकरुपमा बलात्कार गरिएको छ । एक रातमा पूरै गाउँका महिलाहरुको बलात्कार हुन्छ । यस्तो गरेर बलात्कारीहरुले महिलाहरुमा मात्र नभएर परिवार, समुदायमा समेत चोट पु¥याएका थिए । उनीहरुका परिवारमा रहेका पुरुषलाई समेत बलात्कार गरेको हेर्नका लागि बाध्य पारिन्थ्यो ।

यस्तो रणनीतिको नतिजा यो भयो कि, मानिसहरु आफ्नो गाउँ छाडेर भाग्न थाले । उनीहरुले आफ्नो जमिन छोडिदिए । आफ्नो संसाधन तथा बाँकी सबै छोडिदिए । यो एक प्रभावशाली रणनीति थियो ।

हामी महिलाहरुको उपचार धेरै चरणमा गर्दछौं । अपरेशन गरेपछि पहिला हामी उनीहरुको मनोबैज्ञानिक परीक्षण गर्दछौं । यसले हामी बुझ्दछौ कि सर्जरीका बेला हुने पीडाको सहन सक्छन कि सक्तैनन् ।

त्यसपछि हामी अर्को चरणमा पुग्छौ, जसमा महिलाको अपरेशन गर्छौ यात फेरि चिकित्सकीय हेराचाह मात्र गर्छौ । त्यसपछि महिलाको सामाजिक र आर्थिक अवस्थाको बारेमा विचार गर्छौ ।

धेरै महिलाहरु जो हामी कहा आउँछन्, उनीहरुको साथमा केही हुँदैन । कतिपयको त शरीर छोप्नका लागि कपडा समेत हुँदैन ।

मीलाई उनीहरुका लागि खानाको व्यवस्था लगायत उनीहरुको ध्यान गर्नुपर्दछ । अस्पतालबाट निस्किएर उनी आफ्नो जीवन अगाडि बढाउन सक्षम हुदिनन् । जसका कारण फेरि खतरा आइलाग्छ उनीमाथि । यसकारण हामी सामाजिक र आर्थिकस्तरमा नै ध्यान दिएर आर्थिक रुपमा सहयोग गर्दछौं । उदाहरणका लागि कतिपय महिलालाई सीप सिकाउन र युवतीहरुलाई पढाइ सुरु गर्नका लागि सहयोग गर्दछौं ।

अनि अन्तमा उनीहरुलाई कानुनी मदत दिनका लागि कोशिष गर्दछौं । महिलाहरु आफूमाथि आक्रमण गर्नेलाई चिन्न सक्छन् र हामी अदालती कारबाहीमा उनीहरुको सहयोग गर्दछौं ।


२०११ मा यस्ता घटनाहरु कम संख्यामा आउन थाले । हामीलाई लाग्यो कंगोमा महिलाहरुमाथि हुने यसप्रकारका गम्भीर खतरनाक र दर्दनाक स्थितिको अन्त्य हुने अवस्थामा रहेको छ । तर, अघिल्लो वर्ष फेरि युद्ध भयो, अनि यस्ता घटनामा बढोत्तरी आयो ।

कंगोमा चलिरहेको युद्ध केही धर्मालम्बी समुहहरु बीचको लडाइ होइन, न त यो कुनै प्रांत या देश बीचको लडाइ हो । यो युद्ध आर्थिक कारणले चलिरहेको छ, यस युद्धमा कंगोका महिलाहरु बर्बाद भइरहेका छन् ।

एकपटक जब म विदेश यात्राबाट फर्किरहेको थिए, तब मैले देखें पाँच जना मलाई पर्खिरहेका थिए । उनीहरुमध्ये चारजनासँग ऐके ४७ र एकजनाको साथमा पेस्तोल थियो । उनीहरु मेरो गाडीभित्र घुसें र मलाई बन्दुक ताके । उनीहरुले मलाई गाडीबाट उतारे, मेरो गार्डले मलाई बचाउने कोशिष गरे । उनलाई तीनिहरुले गोली हानिदिए । उनको मृत्यु भयो ।

म लडे, आक्रमण गर्नेहरुले गोली चलाइ रहें । मलाई थाहा छैन म कसरी बाँचे । फेरि उनीहरु मेरो गाडि लिएर भागे । पछि मलाई थाहा भयो कि मेरा दुई छोरी र भतिजी घरमा थिए । आmमणकारीले मलाई पर्खिरहेका थिए । उनीहरुले छोरीहरु माथि पनि बन्दुरका ताकेका थिए । त्यो बडो भयावह स्थिति थियो । मैले उनीहरुलाई थोरै समय मात्र देखेकोले उनीहरुको पहिचान गर्न सकिन । मैले यो पनि भन्न सक्तिन कि, उनीहरुले म माथि किन आक्रमण गरे । यसको जवाफ उनीहरुलाई नै थाहा छ । आक्रमण पछि हाम्रो परिवार भागेर स्वीडेन गयो । त्यपछि फेरि ब्रसेल्स ।

तर, २०१३ सालमा म फेरि आफ्नो देश फर्किए । कंगोका महिलाहरुले देखाएको यस्तो शोषणका विरुद्धमा लड्ने हिम्मतले नै मलाई देश फर्किन प्रेरित गर्यो ।

म माथि आक्रमण भएपछि महिलाहरुले सरकार सामु प्रर्दशन गरे । उनीहरुले मेरो घर फिर्तीका लागि टिकट र पैसा जम्मा गरेका थिए । उनीहरु ती महिला थिए की, जसको साथमा केही थिएन । उनीहरु गरिवीको सबैभन्दा तल्लो स्तरमा थिए । खर्च गर्नका लागि उनीहरुको साथमा एक डलर पनि थिएन ।

मुक्वे देश फर्किएकोमा मनाइएको खुसीयाली

महिलाहरुको यस्तो कोशिष पछि मैले फर्कन सक्तिन भन्नै सकिन । साँचो त यो हो कि, म स्वं पनि यस्तो अत्याचारको विरुद्धमा लडिरहन चाहान्थे ।

फर्किएपछि मेरो जीवनमा परिवर्तन आयो । मलाई अस्पतालमै रहनु पर्यो र सुरक्षा पनि लिनु पर्यो । बीस स्वयम्सेवी महिलाको समूह पटक पटक मेरो हेरचाहमा लागिरहे । उनीहरुको साथमा न हतियार थियो न अन्य केही ।

तर उनीहरुको साथमा हुनु मलाई सुरक्षाको गहिरो अनुभुति भयो । म ती महिलाहरुको साथ थिए जसका लागि मैले काम गरिरहेको थिए । ती महिलाहरु मलाई आफ्नो काम जारी राख्नका लागि प्रेरणा दिइरहे म आफ्नो काम गरिरहें ।

बीबीसी

वि.सं.२०७५ असोज २० शनिवार ११:०१ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...