back
CTIZAN AD

हायस र ट्रक ठोक्किँदा छको मृत्यु, १७ घाइते

वि.सं.२०७५ असोज २० शनिवार

660 

shares

२० असोज, नेपालगञ्ज, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक हायस (माइक्रोबस) र ट्रक आज बिहान एकापसमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ ।

दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नम्बरको हायस र नेपालगञ्जबाट दाङतर्फ जाँदै गरेको लु१ख ७७२९ नम्बरको ट्रक आज बिहान करीब ९ः१५ बजेतिर राप्ती सोनारी गाउँपालिका–९ मुगुवा खोला नजिक ठोक्किएका थिए ।

दुर्घटनामा चारको घटनास्थलमै मृत्यु भएको र दुईको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए । दुर्घटनामा घाइते १७ को शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् ।

वि.सं.२०७५ असोज २० शनिवार १२:१३ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...