२४ असोज, काठमाडौं । गण्डकी प्रदेशलाई लिएर विदेशबाट गाई खरिद गर्न संघीय सरकारको अर्थ मन्त्रालयले अनुमति दिएको छ ।
प्रदेशले बैदेशिक सहायता लिन संघको अनुमति लिनुपर्ने संबैधानिक व्यवस्था अनसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अर्थसँग अनुमति मागेको थियो ।
संघको अनुमतिपछि गण्डकी प्रदेशले १० हजार चिनियाँ गाई भित्राउने प्रक्रिया अगाडि बढाउन पाउने भएको छ । संघले केही दिन अघिमात्र अनुमति दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लालमणि ओझाले जानकारी दिएको पनि आजको नागरिक दैनिकमा समाचार छत ।
अबको प्रक्रिाय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफैंले अगाडि बढाउने छ । आगामी तीनवर्षभित्र प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने नीति अनुसार प्रदेश सरकारले १० हजार गाई खरिद गर्न लागेको हो ।
वि.सं.२०७५ असोज २४ बुधवार ०८:०१ मा प्रकाशित