
२४ असोज, काठमाडौं । हेटौडा उपमहानगरपािलका वडा नं ३, मकवानपुरका आशिष पौडेलले २ं०७४ असारमा ६० लाख रुपैयाँ लगानी गरेर नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्यांकर किने । निगमले क्यालिब्रेसन र इपीकोट जाँचेर ठिक छ भनको उक्त ट्यांकरले इन्धन ढुवानी गर्ने अवसर नपाउँदा १५ महिनादेखि पौडेलेको घर अगाडि खडा छ ।
‘गाडी गुड्न नपाउँदा टायर कुहिन थालिसक्यो,’ निजी क्षेत्रको एक कम्पनीमा जागिरे पौडेलले भने, ‘निगमको इन्धन ओर्साने हुँदा खाली बस्नु पर्दैन्, ढुवानी भाडा एकाउन्टपेयी चेकमार्फत भुक्तानी हुने हुँदा कर्मचारीले चोर्न पनि पाउँदैनन् भनेर ट्यांकर किने तर त्यसले जोगी बनायो ।
उता ट्यांकर किन्न ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको एनआइसी एसिया बैंकले समयमै साँवा व्यजको किस्ता नतिरहेको भन्दै गत महिना पौडेलको नाममा ३५ दिने सूचना जारी गरिसकेको छ । चेसिस किन्न एनआइसी एसियाबाट कर्जा लिएका पौडेलले ट्यांकी, क्याविन र रङरोगनका लागि सहकारीबाट थप १५ लाख रुपैयाँ कर्जा लिएको बताए ।
नेपाल आयल निगमका पदाधिकारी सिन्डीकेटको प्रभावमा पर्दा ६० लाख रुपैयाँ लगानी गरेर तयार पारेको ट्यांकर ग्यारेजमा थन्क्याएर बैंकको साँवा व्याज तिर्न बाध्य व्यवसायीमा पौडेललगायत १६ जना छन् । आजको नागरिक दैनिकबाट ।
वि.सं.२०७५ असोज २४ बुधवार ०८:१३ मा प्रकाशित






























