
२७,असोज । काठमाडौं । दसैंले गर्दा सुनसानप्रायः सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा आउने– जाने क्रम फाट्टफुट्ट थियो । काठमाडौं निर्वाचन क्षेत्र नं ७ का सांसद रामवीर मानन्धर बिहिबार अपराह्न १ बजे कार्यालय आईपुग्दा माहोल बेग्लै बन्यो । पार्टीका सांसद र कार्यकर्ताको घेरामा परेका उनीमाथि ओईरो लाग्यो ।
पार्टीले टिकट दिएको हो, पार्टीले भनेपछि छाड्नुपर्छ, उनले झर्को मान्दै जवाफ दिए । अधिकांशले पार्टीमा सल्लाह नभई राजिनामा दिनुभयो त ?भन्ने प्रशन तेर्साए उनी यो प्रश्नको जवाफ दिनबाट तर्किदै थिए । उनी केहि बेरमै दलको कार्यालयबाट निस्किए ।
नेता वामदेव गौतमका लागि सांसद पदबाट राजिनामा दिएको पत्र अध्यक्ष पुष्पकमल दाहाल मार्फत बुझाएपछि पार्टीमा उनी चर्चामा छन् । पाटीृका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग सल्लाहै नगरी उनले राजिनामा बुझाएपछि शीर्ष नेता आश्चर्यमा परेका छन् । उनको निर्वाचन क्षेत्रका नेता÷कार्यकर्ताले यो कदम प्रति जिज्ञासा राख्दै आक्रोश जनाएका छन् । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।
वि.सं.२०७५ असोज २७ शनिवार ०८:१७ मा प्रकाशित






























