back
CTIZAN AD

डिकी एवं छतभित्र पशुपक्षी ढुवानी गरे कारवाही

वि.सं.२०७५ असोज २७ शनिवार

636 

shares

२७ असोज, काठमाडौँ । पशुसेवा विभागले पशुसेवा ऐन २०५५, नियमावली २०५६ तथा पशु ढुवानी मापदण्ड २०६४ पालना गर्न व्यवसायीसँग आग्रह गरेको छ ।

सो मापदण्डमा पशुपक्षी ढुवानी गर्दा उनीहरुलाई याताना हुनेगरी नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाध्ने, क्षमताभन्दा बढी पशु राख्ने, साना तथा ठूला पशुलाई एकै ठाउँमा राखी ढुवानी गर्ने जस्ता गतिविधिमा प्रतिबन्ध लगाइएको छ ।

रोगी तथा घाइते वा मरेका पशुलाई व्यावसायिक प्रयोजनका लागि ढुवानी गर्न नहुने, ढुवानी गर्दा मरेका पशुपक्षीलाई निसङ्क्रमणको विधि अपनाइ गहिरो खाडलमा व्यवस्थापन गर्नुपर्ने प्रावधान पनि मापदण्डमा उल्लेख छ ।

विभागद्वारा शुक्रबार जारी विज्ञप्तिमा पशुपक्षीलाई यात्रुबाहक सार्वजनिक सवारीका साधनका छत वा डिकीभित्र राखी ढुवानी नगर्न पनि सबैसित आग्रह गरिएको छ । यस्ता कार्य गरिए तीन महीना कैद र रू पाँच हजार जरिवाना हुने प्रावधान छ ।

विशेषगरी बडादशैँको पर्वमा मासुका लागि खसी, बोका, भेडा, च्याङ्ग्रा, राँगा, भैँसी, हाँस, कुखुराजस्ता पशु–पक्षी बढी ढुवानी हुने गर्दछ । एक तथ्याङ्का अनुसार काठमाडाँै उपत्यकाभित्र मात्र वर्षेनी पाँच अर्बभन्दा बढी मासु खपत हुने गर्दछ ।

देशभित्र उत्पादित पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री एक जिल्लाबाट अर्को जिल्लामा ओसारपसार गर्दा अनिवार्य उत्पत्तिकोे प्रमाणपत्र, दर्तावाल पशुचिकित्सकबाट जारी भेटेनरी प्रमाणपत्र साथमा राख्न, बाह्य मुलुकबाट पशु–पक्षी तथा उत्पादनका सामग्री आयात–निर्यात गर्दा क्वारेन्टाइन चेकपोष्टमा जाँच गराई प्रमाणपत्र लिन पनि विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

वि.सं.२०७५ असोज २७ शनिवार ०९:५५ मा प्रकाशित

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...