back
CTIZAN AD

सङ्घीयताका कारण आर्थिक बोझ बढ्दै गएको नेता महतको भनाई

वि.सं.२०७५ असोज २७ शनिवार

756 

shares

२७ असोज, पोखरा । नेपाली काङ्ग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले सङ्घीय संरचना महङ्गो बन्दा सङ्घीयता कमजोर बन्दै गएको बताएका छन् ।

नेपाली लेखक सङ्घ कास्कीद्वारा आज यहाँ आयोजित नेपालको वर्तमान सङ्घीय प्रादेशिक र स्थानीय कर प्रणाली विषयक अन्तक्र्रियामा उहाँले ठूलो संरचनाको सङ्घीयताका कारण आर्थिक बोझ बढ्दै गएको बताए ।

सङ्घीय संरचना धान्नकै लागि देशैभरी करवृद्धि र स्थानीय तहमा कानून विपरीत कर उठाउन थालिएको बताउँदै उनले कर उठाउने नीति नियम स्पष्ट नहुँदा जनताले महङ्गो कर तिर्न बाध्य भएको उल्लेख गरे ।

देशमा तीन तहको सरकार र स्थानीय तहमा मात्र ७५३ सरकार रहेको उल्लेख गर्दै उनले तीनवटै सरकारको प्रशासनिक संरचना ठूलो र देशको अर्थतन्त्र सानो हँुदा देशले आर्थिक रुपमा धान्न मुस्किल भएको धारणा राखे ।

देशको ढुकुटी अनुत्पादक क्षेत्रमा खर्च गर्ने, भत्ता बढाउने, तालीम र गोष्ठीमा फजुल रुपमा पैसासक्ने जस्ता प्रवृत्ति रोकिनुपर्नेमा उनकोे जोड छ । सङ्घका अध्यक्ष गणेश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा डा वेदनाथ शर्माले नेपालको वर्तमान सङ्घीयता र स्थानीय कर प्रणाली विषयक आधारपत्र प्रस्तुत गरेका छन् ।

वि.सं.२०७५ असोज २७ शनिवार १४:३२ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...