back
CTIZAN AD

चेपाङ समुदाय भन्छन् : दशैँ खर्च त जुट्यो, नयाँ घर सर्न पाइएन्

वि.सं.२०७५ असोज २८ आइतवार

576 

shares

२८ असोज । बेंसीसहर नगरपालिका–११ चिति बरबोटका तिलकबहादुर चेपाङले यो वर्षको दशैं नयाँ घरमा मनाउने सपना बुनेका थिए ।

सात पुस्ताले बिताएको झुपडी फेरेर नयाँ घरमा सर्ने उहाँको योजना यसपाली भने पुरा भएन । बरबोटकै कोपिला चेपाङको पनि नयाँ घरमा दशंै मनाउने योजना अधुरै रह्यो ।

सरकारको जनता आवास कार्यक्रमले चिति बरबोटमा रहेका चेपाङको नौ घर बनाउन सहयोग गरेको थियो । जनता आवास कार्यक्रमअन्तर्गत अहिले पाँच घर निर्माणाधिन छन् । तर, रकम अभावमा उनीरुले घर पुरा गर्न सकेका छैनन् । “सरकारले दिएको पैसा पुगेन, हामीसँग पैसा छ्रैन, दुई कोठे घर बनाउन रु चार लाख खर्च भसक्यो, छाउने र प्लाष्टर गर्दा अझै रु दुई लाख खर्च लाग्छ”, कोपिला चेपाङले भन्नुभयो, “सरकारले दिएको पैसामा आधि मात्र घर बन्छ, अरु कताबाट ल्याउने, पैसा नहुँदा घर अपुरै भयो, दशैं नयाँ घरमा मनाउन पाएला भन्ने सोचेथ्यौँ तर पाइएन ।”

गत वर्ष जस्तो यसपटक चेपाङलाई दशैं मनाउन समस्या भने छैन् । उनीहरूलाई विभिन्न निकायले घरमै पुगेर दशैं खर्च उपलब्ध गराएका छन् । बेसीशहर नगरपालिका र रोटरी क्लबले खाद्यान्न तथा नगद रकम चेपाङ परिवारलाई दिइसकेका छन् । ‘पहिला पहिला दशैं आउँदा रुनुपथ्र्यो, यो वर्ष दशैं कसरी मान्ने चिन्ता छैन्’, अमृता चेपाङले भने, ‘दशैं खर्च त जुट्यो तर नयाँ घरमा दशैं मनाउने सपना भने पुरा भएन ।”

जनता आवासले तीन किस्तामा घर बनाउन रकम दिने सम्झौता गरेको थियो । सम्झौताबमोजिम पहिलो किस्तामा ८३ हजार, दोस्रो किस्तामा रु एक लाख र तेस्रो किस्तामा रु एक लाख ४९ हजार पाउनुपर्ने थियो । तर अन्तिम किस्ता नपाउँदा घर अपुरै रहेको डिलमाया चेपाङको भनाई छ । घर बनाउन आवश्यक निर्माण सामाग्री जुटाउन नसक्दा पनि निर्माणको काम ढिलो भएको चेपाङहरू बताउँछन् ।

‘काठपात, सिमेन्ट, छड जुटाउनै गाहे भयो’, पन्चलाल चेपाङले भने,, ‘पैसा पनि समयमा पाइएन, सामान जुटाउन पनि सकिएन, घर बनाउनै गाहे भयो ।’

वि.सं.२०७५ असोज २८ आइतवार ०६:५५ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...