back
CTIZAN AD

बढी भाडा लिने सार्वजनिक यातायात कारवाहीमा, जुम्लाको भाडा ३ हजार !

वि.सं.२०७५ असोज २८ आइतवार

696 

shares

२८ असोज, काठमाडौँ । बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने १५ सार्वजनिक यातायातलाई थानकोटमा कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

थानकोट नाका हुँदै विभिन्न स्थानमा जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले  जानकारी दिए । विभागले आज थानकोटमा अनुगमन थालेको हो ।

“विभागले रु ७०० तोकेको स्थानमा रु एक हजार, रु ४०० तोकेको स्थानमा रु ६०० को चलानी गरेका सवारीलाई आज कारबाही गरियो, तोकेभन्दा बढी भाडा लिने सवारीभित्र छिरेर तपाईहरूसँग कति भाडा लियो भनी सोद्धा यात्रुले सही सूचना दिएनन्, कोही बोल्नै चाहेनन्”–उनले भने ।

काठमाडौँबाट जुम्लासम्मको भाडा रु दुई हजार ८०० तोकिएकामा रु तीन हजार १५० लिएको लिखित उजुरी आएपछि सवारीलाई कारबाही गरी यात्रुबाट बढी लिइएको भाडा फिर्ता गरिएको विभागले जनाएको छ । यात्रुले बढी भाडा लिएको टिकटसहित उजुरी गरेमा कारवाही गरी बढी लिइएको भाडा पनि फिर्ता गराउने प्रवक्ता उपाध्यायले बताए ।

बढी भाडा लिने सवारीलाई रु पाँच हजारसम्म जरिवाना गरिएको छ । कोटेश्वरबाट सिन्धुलीसम्मको भाडा रु ४८९ तोकिए पनि रु एक हजारसम्म व्यवसायीले उठाइरहेका छन् । बल्खुबाट हेटौँडा चल्ने टाटा सुमोको भाडादर रु ४०० तोकिएकामा रु एक हजार, कलंकीबाट पोखराको भाडा रु ४८५ मा रु ९००, काठमाडौँबाट चितवनसम्मको भाडा रु ४९० तोकिएकामा रु ९०० सम्म उठाइएको नागरिक अनुगमनका क्रममा देखिएको सार्वजनिक यातायात सुधार अभियानमा लागेका रामबहादुर थापाले जानकारी दिए ।

उपत्यका बाहिर जाने सबै नाकामा विभागले अनुगमन गर्न नसक्दा पनि यात्रु ठग्ने क्रम चलिरहेको उनले बताए । दशैँका अवसरमा २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

वि.सं.२०७५ असोज २८ आइतवार ०७:०१ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...