Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

असोजमा वीरगन्ज भन्सार कार्यालयबाट नौ अर्ब एकाउन्न करोड राजस्व सङ्कलन



पर्सा । चालु आवको असोजमा वीरगन्ज भन्सार कार्यालयले रु नौ अर्ब ५१ करोड ६ लाख ७७ हजार राजस्व सङ्कलन गरेको छ ।

आव २०७३÷७४ को असोजमा भन्सारले रु आठ अर्ब ५८ करोड ४१ लाख २५ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । वीरगन्ज नाकाबाट आयात निर्यात सहज हुँदै गएका कारण लक्ष्यभन्दा करिब ११ प्रशित बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनभयो ।

असोजमा सो नाकाबाट दुई पाङ्ग्रे तथा चार पाङ्गे्र बाहनको आयात उल्लेख्य मात्रामा वृद्धी भएको थियो । असोजमा भारत तथा तेस्रो मुलुकबाट रु दुई अर्ब ५८ करोड २१ लाखको एक हजार २६८ थान जिप, कार, भ्यान तथा १३ हजार ५७९ थान मोटरसाइकल आयात भएको थियो । आयात गरिएका ती बाहनबाट मात्र रु चार अर्ब ६४ करोड ७६ लाख २० हजार राजस्व सङ्कलन गरिएको भन्सारले जनाएको छ । बाहनबाट सङ्कलन गरिएको उक्त राजस्व कूल सङ्कलित राजस्वको करिब ४८ प्रतिशत हो । रासस


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा