back
CTIZAN AD

मुद्रास्फीतिमा अपेक्षित सुधार भएन – राष्ट्र बैंक

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

1.1K 

shares

rastra-bank

काठमाडौँ । चालु आवको साउन महिनामा ८ दशमलव ६ प्रतिशत पुगेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भदौ महिनामा ७ दशमलव ९ प्रतिशतमा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले शुक्रबार जारी गरेको प्रतिवेदनका अनुसार समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थ, फलफूल, दलहन तथा गेडागुडी, मदिराजन्य पेय पदार्थ, मसला, लत्ताकपडालगायतका सामग्रीको मूल्य भने अपेक्षित रुपमा घट्न सकेको छैन ।

चालु आवको दुई महिनासम्ममा कुल वस्तु निर्यात ७ दशमलव ७ प्रतिशतले वृद्धि भई कुल रु १३ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा १५ दशमलव २ प्रतिशतले कमी आएको थियो । यस अविधिमा भारततर्फ नौ, चीनतर्फ २४ दशमलव ५ र अन्य मुलुकतर्फ ५ दशमलव ५ प्रतिशतले निर्यात बढेको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात ४३ दशमलव ४ प्रतिशतले बढेर रु १४९ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७ दशमलव ५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ४९ दशमलव ८, चीनबाट भएको आयात २६ दशमलव २ र अन्य मुलुकबाट भएको आयात ३६ दशमलव ५ प्रतिशतले बढेको छ ।

यस अवधिमा कुल वस्तु व्यापार घाटा ४८ दशमलव १ प्रतिशतले बढी रु १३५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १७ दशमलव ८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ दशमलव ८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव ८ प्रतिशत रहेको थियो ।

अघिल्लो वर्षको दुई महिनासम्ममा रु ३८ अर्ब ४८ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा व्यापार घाटा बढेको, विदेशी लगानीको लाभांश भुक्तानी उल्लेख्य रुपमा बढेको तथा वैदेशिक अनुदान घटेका कारण रु ११ अर्ब १२ करोडले घाटामा छ । अघिल्लो वर्षको दुई महिनासम्ममा रु ३१ अर्ब ८८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु तीन अर्ब ५० करोडले घाटामा छ । यस अवधिमा पुँजीगत ट्रान्सफर रु एक अर्ब ५४ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु दुई अर्ब १९ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु दुई अर्ब ५१ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु ८३ करोड थियो ।

कुल विदेशी विनिमय असार मसान्तको रु १० खर्ब ३९ अर्ब २१ करोडबाट ० दशमलव ६ प्रतिशतले कमी आई भदौ मसान्तमा रु १० खर्ब ३२ अर्ब ७० करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको रु आठ खर्ब ८७ अर्ब एक करोडको तुलनामा २०७३ भदौ मसान्तमा ० दशमलव ८ प्रतिशतले कमी आई रु आठ खर्ब ८० अर्ब १६ करोड रहेको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थामा (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु एक खर्ब ५२ अर्ब २० करोडको तुलनामा ० दशमलव २ प्रतिशतले वृद्धि भई रु एक खर्ब ५२ अर्ब ५५ करोड पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२ दशमलव ४ प्रतिशत छ ।

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १०:५८ मा प्रकाशित

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

एकै दिन छ हजारभन्दा बढीले  बढ्यो सुनको मूल्य, तोलाको कति ?

एकै दिन छ हजारभन्दा बढीले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...