back
CTIZAN AD

नेपाल–भारतबीच बहुआयामिक सम्बन्ध छः परराष्ट्रमन्त्री

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

1.1K 

shares

prakash saran mahat

५ कात्तिक,बनेपा। परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल– भारतबीचको सम्बन्ध बहुआयामिक भएको बताउनुभएको छ ।

नेपाल समसामयिक अध्ययन केन्द्रले आज धुलिखेलमा आयोजना गरेको “नेपाल– भारत सम्बन्ध” विषयक गोष्ठीमा उहाँले भन्नुभयो – नेपाल भारत सम्बन्धको विषय कुटनीतिक टेबुलमा हुनुपर्छ, यो सडकमा छलफल गर्ने विषय होइन् ।

मन्त्री महतले नेपालको आवश्यकता र स्वार्थका लागि सरकार चिन्तित भएको बताउँदै नेपाल भारतबीच विगतमा देखिएको तिक्ता क्रमशः हट्दै अहिले विश्वासको सम्बन्ध स्थापित हुन लागेको बताउनुभयो ।

“हामीले विदेशी नीतिलाई आन्तरिक राजनीति गर्ने भाँडो बनाउनु हुदँैन उहाँले भन्नुभयो – नेपालको विषयमा चीन र भारतसँग समान खालको कुराकानी भएको छ भन्नुभयो । ”

मन्त्री महतले सार्क शिखर सम्मेलन रोकिनुमा अध्यक्ष राष्ट्रको हैसियतले नेपालको कमजोरी नभएको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सार्क राष्ट्रमा देखिएको समस्या न्यूनिकरणका लागि ठूलो राष्ट्रको हैसियतले भारतले र अध्यक्ष राष्ट्रको हैसियतले नेपालले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोडदिनुभयो ।

उहाँले नेपालमा देखिएको अस्थिर राजनीतिको प्रभाव भारतमा पनि परेको उल्लेख गर्दै यसले नेपालमा भारत विरोधी भावना बढाएको बताउनुभयो ।

नेपालका लागि भारतीय राजदूत रणजित रायले बलियो राजनीतिक समझदारी भएपछि मात्र नेपालको विकास प्राथमिकतामा पर्ने बताउनुभयो ।

भारतका लागि प्रस्तावित नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल– भारत सम्बन्ध विश्वमै अनुकरणीय भएको बताउँदै नेपालको पारवाहनको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

दुई दिनसम्म चल्ने सो गोष्ठीमा भारतका छ र नेपालका २५ गरी कुल ३१ जना सहभागी छन् । गोष्ठीमा नेपाल भारतबीचको बहुआयामिक सम्बन्धसंग सम्बन्धीत छुटाछुट्टै पाँचवटा कार्यपत्र प्रस्तुत हुने छ । रासस

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ११:०० मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...