back

नेपाल–भारतबीच बहुआयामिक सम्बन्ध छः परराष्ट्रमन्त्री

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

591 

shares
IME Limited
NTC AD

prakash saran mahat

५ कात्तिक,बनेपा। परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल– भारतबीचको सम्बन्ध बहुआयामिक भएको बताउनुभएको छ ।

नेपाल समसामयिक अध्ययन केन्द्रले आज धुलिखेलमा आयोजना गरेको “नेपाल– भारत सम्बन्ध” विषयक गोष्ठीमा उहाँले भन्नुभयो – नेपाल भारत सम्बन्धको विषय कुटनीतिक टेबुलमा हुनुपर्छ, यो सडकमा छलफल गर्ने विषय होइन् ।

मन्त्री महतले नेपालको आवश्यकता र स्वार्थका लागि सरकार चिन्तित भएको बताउँदै नेपाल भारतबीच विगतमा देखिएको तिक्ता क्रमशः हट्दै अहिले विश्वासको सम्बन्ध स्थापित हुन लागेको बताउनुभयो ।

“हामीले विदेशी नीतिलाई आन्तरिक राजनीति गर्ने भाँडो बनाउनु हुदँैन उहाँले भन्नुभयो – नेपालको विषयमा चीन र भारतसँग समान खालको कुराकानी भएको छ भन्नुभयो । ”

मन्त्री महतले सार्क शिखर सम्मेलन रोकिनुमा अध्यक्ष राष्ट्रको हैसियतले नेपालको कमजोरी नभएको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सार्क राष्ट्रमा देखिएको समस्या न्यूनिकरणका लागि ठूलो राष्ट्रको हैसियतले भारतले र अध्यक्ष राष्ट्रको हैसियतले नेपालले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोडदिनुभयो ।

उहाँले नेपालमा देखिएको अस्थिर राजनीतिको प्रभाव भारतमा पनि परेको उल्लेख गर्दै यसले नेपालमा भारत विरोधी भावना बढाएको बताउनुभयो ।

नेपालका लागि भारतीय राजदूत रणजित रायले बलियो राजनीतिक समझदारी भएपछि मात्र नेपालको विकास प्राथमिकतामा पर्ने बताउनुभयो ।

भारतका लागि प्रस्तावित नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल– भारत सम्बन्ध विश्वमै अनुकरणीय भएको बताउँदै नेपालको पारवाहनको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

दुई दिनसम्म चल्ने सो गोष्ठीमा भारतका छ र नेपालका २५ गरी कुल ३१ जना सहभागी छन् । गोष्ठीमा नेपाल भारतबीचको बहुआयामिक सम्बन्धसंग सम्बन्धीत छुटाछुट्टै पाँचवटा कार्यपत्र प्रस्तुत हुने छ । रासस

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ११:०० मा प्रकाशित

‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल फेला

‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल फेला

काठमाडौँ । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल...

कालिगण्डकी करिडोरमा पहिलो जाँदापूर्ण रुपमा अवरुद्ध

कालिगण्डकी करिडोरमा पहिलो जाँदापूर्ण रुपमा अवरुद्ध

गुल्मी । पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको...

राप्रपाद्वारा आज पनि संसद बैठक बहिस्कार

राप्रपाद्वारा आज पनि संसद बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (सोमबार) पनि...

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

अर्घाखाँची । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री...

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

काठमाडौं । रामेछाप जिल्ला अस्पतालमा कार्यबाहक मेडिकल सुपरिडेन्टेन्ट डा. केशव...

धवलशमशेर राणा अदालतमा उपस्थित भए

धवलशमशेर राणा अदालतमा उपस्थित भए

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा अदालतमा...