back
CTIZAN AD

निर्वाचनसँगै संविधान कार्यान्वयनका जटिलता अन्त्य हुनेछन्–पूर्व प्रम नेपाल

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

888 

shares

madhav-kumar_1

 ५ कात्तिक,इटहरी । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली जनताले ल्याएको संविधानका जटिलता र यसको कार्यान्वयनमा देखिएका चुनौती स्थानीय प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्पन्न भएपछि आफँै समाप्त भएर जाने दाबी गर्नुभएको छ ।

नेकपा ९एमाले० सुनसरी २ नम्बर क्षेत्रीय कमिटीले आज इटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले सो कुराको दाबी गर्नुभएको हो ।

विश्वमा नै सबैभन्दा बढी जनसमर्थन प्राप्त संविधानका विषयमा उठ्ने गरेका टीकाटिप्पणी र गुनासाहरु विस्तारै आफँै समाधान हुँदै गइरहेका तथा यसले सबै नेपालीलाई समान रुपमा अधिकार सम्पन्न बनाउने विश्वास व्यक्त गर्दै वरिष्ठ नेता नेपालले जनताद्वारा लेखिएको संंविधान अलोकप्रिय हुने त सवालै उठ्दैन भन्नुभयो ।

सबै राजनीतिक दलहरुबीच आपसमा समझदारी बढ्दै गए तोकिएको समयमा नै सबै तहको निर्वाचन हुने र त्यसले संविधानको सफल कार्यान्वयनको आकार ग्रहण गर्ने भएकाले त्यो प्रक्रियासम्म मुलुकलाई सही हिसाबले अघि बढाउनका लागि राजनीतिक दलबीच इमान्दारिताको पनि त्यत्तिकै जरुरी रहेको कुरामा पनि उहाँले जोड दिनुभएको छ ।

सो अवसरमा पार्टी सचिव एवम् प्रदेश नम्बर १ का इन्चार्ज सांसद भीम आचार्यले नेपाललाई समृद्ध देशका रुपमा उभ्याउन प्रमुख सबै पार्टी फेरि पनि एक ठाउँमा मिल्नुपर्ने कुरामा जोड दिनुभयो ।

क्षेत्रीय अध्यक्ष बन्नुलाल चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टी वैकल्पिक सदस्य तैयव हुसैन, सांसद रेवतीरमण भण्डारी, पार्टी जिल्ला अध्यक्ष द्वारिकलाल चौधरी २ नम्बर पार्टी इन्चार्ज लक्ष्मी गौतम इटहरी नगर इन्चार्ज रामप्रसाद चौलागार्इं र लोकेन्द्र सञ्जेललगायतले बोल्नुभएको थियो । रासस

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ११:१४ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...