Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

निर्वाचनसँगै संविधान कार्यान्वयनका जटिलता अन्त्य हुनेछन्–पूर्व प्रम नेपाल



madhav-kumar_1

 ५ कात्तिक,इटहरी । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली जनताले ल्याएको संविधानका जटिलता र यसको कार्यान्वयनमा देखिएका चुनौती स्थानीय प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्पन्न भएपछि आफँै समाप्त भएर जाने दाबी गर्नुभएको छ ।

नेकपा ९एमाले० सुनसरी २ नम्बर क्षेत्रीय कमिटीले आज इटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले सो कुराको दाबी गर्नुभएको हो ।

विश्वमा नै सबैभन्दा बढी जनसमर्थन प्राप्त संविधानका विषयमा उठ्ने गरेका टीकाटिप्पणी र गुनासाहरु विस्तारै आफँै समाधान हुँदै गइरहेका तथा यसले सबै नेपालीलाई समान रुपमा अधिकार सम्पन्न बनाउने विश्वास व्यक्त गर्दै वरिष्ठ नेता नेपालले जनताद्वारा लेखिएको संंविधान अलोकप्रिय हुने त सवालै उठ्दैन भन्नुभयो ।

सबै राजनीतिक दलहरुबीच आपसमा समझदारी बढ्दै गए तोकिएको समयमा नै सबै तहको निर्वाचन हुने र त्यसले संविधानको सफल कार्यान्वयनको आकार ग्रहण गर्ने भएकाले त्यो प्रक्रियासम्म मुलुकलाई सही हिसाबले अघि बढाउनका लागि राजनीतिक दलबीच इमान्दारिताको पनि त्यत्तिकै जरुरी रहेको कुरामा पनि उहाँले जोड दिनुभएको छ ।

सो अवसरमा पार्टी सचिव एवम् प्रदेश नम्बर १ का इन्चार्ज सांसद भीम आचार्यले नेपाललाई समृद्ध देशका रुपमा उभ्याउन प्रमुख सबै पार्टी फेरि पनि एक ठाउँमा मिल्नुपर्ने कुरामा जोड दिनुभयो ।

क्षेत्रीय अध्यक्ष बन्नुलाल चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टी वैकल्पिक सदस्य तैयव हुसैन, सांसद रेवतीरमण भण्डारी, पार्टी जिल्ला अध्यक्ष द्वारिकलाल चौधरी २ नम्बर पार्टी इन्चार्ज लक्ष्मी गौतम इटहरी नगर इन्चार्ज रामप्रसाद चौलागार्इं र लोकेन्द्र सञ्जेललगायतले बोल्नुभएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ