back
CTIZAN AD

कक्षा एकदेखि १२ सम्म संस्कृत भाषा अनिवार्य माग

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

972 

shares

५ कात्तिक, काठमाडौँ । आधुनिक युगमा संस्कृत भाषाको आवश्यकता बढ्दै गएकाले कक्षा १ देखि १२ सम्म अनिवार्य अध्यापन गराइनुपर्ने माग गरिएको छ ।

नेपाल आर्य समाजले बिहीबारदेखि यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय वैदिक आर्य महासम्मेलनमा आज विश्व संस्कृत सम्मेलनका सहभागी वक्ताले संस्कृत भाषामा भएका वैज्ञानिकतालाई जनसमक्ष पु¥याइनु पर्नेमा जोड दिनुभयो । सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा कुलप्रसाद कोइरालाले संस्कृत भाषामा भएका ज्ञानविज्ञानको सबैले उपयोग गर्न पनि संस्कृत भाषा सबैका लागि हुनुपर्ने बताउनुभयो ।

सम्मेलनले विश्वविद्यालयका कुलसचिव कार्तिकेय झाले प्रस्ताव गरेको नौसूत्रीय घोषणापत्र पारित गरेको आयोजक समितिका संयोजक डा माधवप्रसाद उपाध्यायले बताउनुभयो ।

नौसूत्रीय प्रस्तावमा संस्कृत भाषामा भएका आचार, मानवकल्याण, पर्यावरण संरक्षण र स्वास्थ्यका विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने, संस्कृत पठनपाठनको व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग सहकार्य गर्नुपर्ने, भाषा, धर्म, संस्कृतिसम्बन्धी नीति निर्माण र निर्णय प्रक्रियामा संस्कृतका विद्वान्लाई समावेश गर्नुपर्ने र संस्कृत भाषाका विशिष्ट ग्रन्थलाई पुनःप्रकाशन गराउन सरकारसँग माग गर्नुपर्ने लगायत बुँदा उल्लेख छ ।

दोस्रो चरणमा आजै आयोजना गरिएको वेद विज्ञान सम्मेलनमा वेदमा भएका वैज्ञानिक विषयको उपयोग गरी समृद्धिको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिइयो । सम्मेलनका सहभागी भारतीय लोकसभाका सांसद स्वामी सुमेधानन्द सरस्वतीले वेदमा भएका वैज्ञानिकताको लाभ उठाउन विश्वका सबै विश्वविद्यालयमा अध्ययनअध्यापन गराइनुपर्ने बताउनुभयो ।

“यसको पहिलो चरणमा भारतका सबै विश्वविद्यालयमा स्वामी दयानन्द सरस्वतीको नाममा वेद अध्ययन विभाग बनाई अध्ययन अध्यापनको सुरुआत गर्ने तयारी भएको छ, विश्वविद्यालयमा वेदको वैज्ञानिकताका बारेमा अनुसन्धान हुनुपर्छ”– उहाँले भन्नुभयो ।

त्रिवि संस्कृत विभागका उपप्राध्यापक जनार्दन घिमिरेले नेपालमा वेदको अध्ययन अनुसन्धान गर्न छुट्टै विश्वविद्यालय स्थापनाको माग गर्नुभयो । स्वामी देवव्रतलगायतले वेदको वैज्ञानिकताका विषयमा अध्ययनअनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १२:१४ मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...