back

कक्षा एकदेखि १२ सम्म संस्कृत भाषा अनिवार्य माग

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

627 

shares
GLOBAL IME AD
NTC AD

५ कात्तिक, काठमाडौँ । आधुनिक युगमा संस्कृत भाषाको आवश्यकता बढ्दै गएकाले कक्षा १ देखि १२ सम्म अनिवार्य अध्यापन गराइनुपर्ने माग गरिएको छ ।

नेपाल आर्य समाजले बिहीबारदेखि यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय वैदिक आर्य महासम्मेलनमा आज विश्व संस्कृत सम्मेलनका सहभागी वक्ताले संस्कृत भाषामा भएका वैज्ञानिकतालाई जनसमक्ष पु¥याइनु पर्नेमा जोड दिनुभयो । सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा कुलप्रसाद कोइरालाले संस्कृत भाषामा भएका ज्ञानविज्ञानको सबैले उपयोग गर्न पनि संस्कृत भाषा सबैका लागि हुनुपर्ने बताउनुभयो ।

सम्मेलनले विश्वविद्यालयका कुलसचिव कार्तिकेय झाले प्रस्ताव गरेको नौसूत्रीय घोषणापत्र पारित गरेको आयोजक समितिका संयोजक डा माधवप्रसाद उपाध्यायले बताउनुभयो ।

नौसूत्रीय प्रस्तावमा संस्कृत भाषामा भएका आचार, मानवकल्याण, पर्यावरण संरक्षण र स्वास्थ्यका विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने, संस्कृत पठनपाठनको व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग सहकार्य गर्नुपर्ने, भाषा, धर्म, संस्कृतिसम्बन्धी नीति निर्माण र निर्णय प्रक्रियामा संस्कृतका विद्वान्लाई समावेश गर्नुपर्ने र संस्कृत भाषाका विशिष्ट ग्रन्थलाई पुनःप्रकाशन गराउन सरकारसँग माग गर्नुपर्ने लगायत बुँदा उल्लेख छ ।

दोस्रो चरणमा आजै आयोजना गरिएको वेद विज्ञान सम्मेलनमा वेदमा भएका वैज्ञानिक विषयको उपयोग गरी समृद्धिको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिइयो । सम्मेलनका सहभागी भारतीय लोकसभाका सांसद स्वामी सुमेधानन्द सरस्वतीले वेदमा भएका वैज्ञानिकताको लाभ उठाउन विश्वका सबै विश्वविद्यालयमा अध्ययनअध्यापन गराइनुपर्ने बताउनुभयो ।

“यसको पहिलो चरणमा भारतका सबै विश्वविद्यालयमा स्वामी दयानन्द सरस्वतीको नाममा वेद अध्ययन विभाग बनाई अध्ययन अध्यापनको सुरुआत गर्ने तयारी भएको छ, विश्वविद्यालयमा वेदको वैज्ञानिकताका बारेमा अनुसन्धान हुनुपर्छ”– उहाँले भन्नुभयो ।

त्रिवि संस्कृत विभागका उपप्राध्यापक जनार्दन घिमिरेले नेपालमा वेदको अध्ययन अनुसन्धान गर्न छुट्टै विश्वविद्यालय स्थापनाको माग गर्नुभयो । स्वामी देवव्रतलगायतले वेदको वैज्ञानिकताका विषयमा अध्ययनअनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १२:१४ मा प्रकाशित

बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व र द्वेष बढेको...

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख...

कांग्रेस नेता तीर्थराम डङ्गोलको उपचारका क्रममा निधन

कांग्रेस नेता तीर्थराम डङ्गोलको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको...

आन्दोलनबाट घर फर्किदै गरेका शिक्षक चढेको गाडी दुर्घटना हुँदा १६ जना घाइते

आन्दोलनबाट घर फर्किदै गरेका शिक्षक चढेको गाडी दुर्घटना हुँदा १६ जना घाइते

झापा । काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस...

आजको मौसम विवरण : यी तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

आजको मौसम विवरण : यी तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको...

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

रामहरि न्यौपाने । त्रिशूली (नुवाकोट) । गोरखा भूकम्पको १० वर्षपछि...