back

अदुअआ प्रमुख विवादमा तानिनु दुःखद्

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

702 

shares
IME Limited
NTC AD

५ कात्तिक, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले भ्रष्टाचार निवारणका लागि निःस्वार्थ र निर्भीकताका साथ काम गर्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका प्रमुख नै विवादमा तानिनु दुःखद् भएको जनाएको छ ।

पार्टी प्रवक्ता खिमलाल देवकोटाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासमा र संस्थाको गरिमामै चोट पुग्ने स्थिति आएको छ भन्दै संसद्बाट सिधै नियुक्त हुने पद राजनीतिक नेतृत्वप्रति उत्तरदायी नभई सिधै संसद्प्रति उत्तरदायी होस् भन्ने पार्टीकोे माग भएको उल्लेख छ ।

संस्थाको गरिमा बचाइराख्न आगामी दिनमा संवेदनशील संवैधानिक पदमा नियुक्ति गर्दा हाम्रा नभई राम्रा र जनोत्तरदायी व्यक्तिलाई नियुक्ति गरियोस् भनी पार्टीले ध्यानार्कषण गराएको छ ।

संसदीय समितिले बोलाउँदा नजाने, न्यायपालिकाका काममा समेत अवरोध खडा गर्ने जस्ता गतिविधिले सुशासन र पारदर्शिता कायम गर्न र भ्रष्टाचार उन्मूलन गर्न गठन भएको शक्तिशाली संवैधानिक आयोगको नेतृत्वमा भएको व्यक्ति गलत छ भन्ने कुरालाई स्पष्ट पारेको प्रवक्ता देवकोटाले उल्लेख गर्नुभएको छ ।

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १२:१५ मा प्रकाशित

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका...

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा...

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा सुतेकी एक महिलाको सर्पले डसेर...

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ ।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...