back
CTIZAN AD

“सराएँ” नाचेर मनाइयो दशैं ।

वि.सं.२०७५ कात्तिक ४ आइतवार

873 

shares

४ कार्तिक काठमाडौं । “सराएँ” सायद तपाईंमध्ये धेरैलाई यो शब्द नै नौलो लाग्ला तर पस्चिम नेपालको गुल्मी, अर्घाखाँची, पाल्पा, बाग्लुङ, प्युठान र तराइका कपिलवस्तु, नवलपरासी र रुपन्देहीमा भने दशैको टीकासँगै “सराएँ”को रौनक सुरु हुन्छ । पूर्वी र मध्य नेपालका हिन्दुमार्गीले जसरी यो क्षेत्रका हिन्दु मार्गीले दशमी देखि पुर्णिमासम्म टीका लगाएको पाईंदैन । बरु दशमी कै बेलुकादेखी कोजाग्रत पूर्णीमाको रातिसम्म बिभिन्न शक्तिपिठ र कोतधरमा “सराएँ” नाचेर दशैं मनाउने चलन यो क्षेत्रमा पाइन्छ । विरता र युद्धकला प्रदर्शन गर्ने नाच हो “सराएँ” ।
पुरानो लुम्बिनि अन्चलका सबैजसो जिल्लाहरुका शक्तिपिठ र कोतघरहरु यतिबेला “सराएँ” नाचमा मन्त्रमुग्ध भएकाछन । खासगरि गुल्मिको धुर्कोटको कोट, अर्जेको पोखराबारी, अर्घाखाँचीको अर्घा र पाल्पाको भैरबस्थानको “सराएँ” चर्चित छन ।

पञ्चैबाजाको तालमा हातमा खुँडा, खुकुरी, लठ्ठी र रुमाल लिएर यो नाच नाच्ने गरिन्छ । नाचको ऐतिहासीक सम्बन्धको बारेमा त्यति प्रष्टता नदेखिए पनि तत्कालिन राजाहरुले गराउने सेनाको परेडसँग यो नाचको सामिप्यता भएको मानिन्छ ।

त्यतिबेलाको युद्धका सामाग्रिहरु लिएर नचिने भएकोले यो नाच सुर र बीरताको प्रतिक मानिन्छ ।

वि.सं.२०७५ कात्तिक ४ आइतवार १६:२२ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...