back
CTIZAN AD

उद्योगमन्त्री यादव जेनेभा पुगे

वि.सं.२०७५ कात्तिक ५ सोमवार

708 

shares

५ कात्तिक, काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव विश्व लगानी मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जेनेभा पुगेका छन् ।

व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (अङ्कट्याड) र स्वीट्जरल्याण्ड सरकारले संयुक्त रुपमा आयोजना गरेको लगानी मञ्चमा उनले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ । जेनेभास्थित राष्ट्रसङ्घीय र अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि स्थायी नेपाली नियोगका अनुसार मन्त्री यादवले ‘भूपरिवेष्टित अल्पविकसित देशमा वैदेशिक लगानी प्रवद्र्धन’ विषयको गोलमेच बैठकलाई सम्बोधन गर्नेछन् ।

उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले भने ‘दिगो विकासका लागि महिला विकासः उद्यमशीलता तथा लगानी परिदृष्य रुपान्तरणका निम्ति महिलाको आर्थिक सशक्तीकरण’ विषयको अन्तर्राष्ट्रिय छलफलमा सहभागी हुनेछन्। आजदेखि शुरु भएको विश्व लगानी मञ्चमा १५ देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख, ५० भन्दा बढी मन्त्री र १०० जनाभन्दा बढी प्रमुख कार्यकारी अधिकृत, राष्ट्र सङ्घ र अन्य अन्तराष्ट्रिय सङ्गठनका वरिष्ठ कार्यकारीका साथै नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको उक्त नियोगले जनाएको छ ।

वि.सं.२०७५ कात्तिक ५ सोमवार १६:३६ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...