
सम्माननीय प्रधानमन्त्रीज्यू,
सिंहदरबार, काठमाडौं ।
खै कहाँबाट सुरु गरौं अनगिन्ति छन गुनासाका पोकाहरु । तर पनि साहृै असैह्य भएर तपाईलाई एउटा चिठी लेख्ने जमर्को गर्दैछु । हुन त तपाई दुई तिहाइको प्रधानमन्त्री म बबुरोको कुरा के सुन्नु होला र ? तर पनि यो सार्बजनिक पत्र मार्फ तपाईंलाई केहि कुराहरु सचेत गराउने जमर्को गर्दैछु । प्रधानमन्त्रीज्यू,, झण्डै एक बर्ष भएछ तपाईको दललाई भोट दिएर जिताउनका लागि म आफ्नै खर्चमा झापा क्षेत्र नं २ मा भोट हाल्न गएको । कति धेरै आशा र अभिलासा थिए तर एक बर्षमा कोशिमा कति पानि बगिसक्यो हामीले न्यूनतम परिबर्तनको महसुस पनि गर्न पाएनौ त किन ?
गत असोज ३० गते जाने गरि मेरो ठुल्दाइले बिर्तामोड जाने मिनिबसको टिकट कट्नु भएको थियो । मैतिदेवीमा रहेको एउटा काउन्टरबाट टिकट काट्नु भएको रहेछ गाडिमा चढेर बर्दिबास पुगे पछि थाहा भयो गाडी धरान जने रहेछ । त्यो थाहा पाए पछि मैले मैतिदेवीमा रहेको सप्तकोशी काउन्टरका सन्चालक सुजन नाम गरेका मानिसलाई ९८४१२४२०७६ मा फोन गरेर कानुनी उपचारमा जने बताएँ तर उसले मलाई जसरी पनि मेरो दाजुलाई बिर्तामोडसम्म पुर्याउने बतायो । चाडबाडका बेला यात्रुहरुका बिचल्लि हुने ठानेर मैले अरु केहि भनिन तर भाडाको बरेमा चाहिं जिज्ञासा राखें गाडि रिजर्भ हो त्यहि भएर १५ सय लिएको देखि गाडि फर्कदा रित्तै फर्कनेसम्मका बेली बिस्तार उसले लगाउन भ्यायो। मैले फोन राखें ।
प्रधानमन्त्रीज्यू,
नेपाली हिन्दुहरुको ठूलोचाड दशैं चलिरहेकोछ, तपाईं कै सरकारले सरकारी बिदा कटौति गरेर जम्मा ५ दिन बनाएको कुरा पनि मैले यहाँलाई भनि रहनु परेन तर तपाई राजसी ठाँटमा आसेपासेहरुलाई जम्मा गरेर टीका लगाईरहनु भएकोछ । के यो समाजबादमा पुग्ने संकेत हो । प्रधानमन्त्रीज्यू,, यो संसदीय ब्यबस्था हो । मैले बुझे अनुसार यो ब्यबस्थामा सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा हुन्छ । सबै जस लिने देखि अपजस पाउनेसम्म । कुरो दशैबाटै सुरु गर्दैछु । गत असोज ३० गते जाने गरि मेरो ठुल्दाइले बिर्तामोड जाने मिनिबसको टिकट कट्नु भएको थियो । मैतिदेवीमा रहेको एउटा काउन्टरबाट टिकट काट्नु भएको रहेछ गाडिमा चढेर बर्दिबास पुगे पछि थाहा भयो गाडी धरान जने रहेछ । त्यो थाहा पाए पछि मैले मैतिदेवीमा रहेको सप्तकोशी काउन्टरका सन्चालक सुजन नाम गरेका मानिसलाई ९८४१२४२०७६ मा फोन गरेर कानुनी उपचारमा जने बताएँ तर उसले मलाई जसरी पनि मेरो दाजुलाई बिर्तामोडसम्म पुर्याउने बतायो । चाडबाडका बेला यात्रुहरुका बिचल्लि हुने ठानेर मैले अरु केहि भनिन तर भाडाको बरेमा चाहिं जिज्ञासा राखें गाडि रिजर्भ हो त्यहि भएर १५ सय लिएको देखि गाडि फर्कदा रित्तै फर्कनेसम्मका बेली बिस्तार उसले लगाउन भ्यायो। मैले फोन राखें ।

यो बेलासम्म त्यो गाडी सप्तरीको कञ्चनरुप नगरपलिका पुगेको थियो त्यहिंबाट दाजुले मलाई गाडि नं. एस.एम.एस.गरि पठाउनु भएको थियो । बा ३ ख ८३९४ नम्बर को त्यो गाडिले साँझ ५ बजे इटहरीमा अलपत्र छोडेर आफ्नो गन्तब्य धरान तर्फ लाग्यो । अब मलाई सम्बन्धित ठाउँमा उजुरी गर्न ढिला भैसकेको थियो । किनकी यस्तै उदाहरण गत बर्ष तिहारमा मेरो भाइ उदयपुर जाँदा रु १२०० लिएको गुनासो १०३ मा फोन गरेर गाडि बनेपामा हूँदा गरेको खुर्कोटमा पुग्दा मात्रै सम्बोधन भएको थियो । त्यस कारण मैले गुनासो गर्ने हिम्मत गरिन गुनासो गरेको भए दाजुले उक्त गाडि रुँघेर नै बस्नु पर्ने हुन्थ्यो र त्यो रात इटहरी कै बाहुने निस्चित थियो । यस्ता गुनासा सहितका समाचारहरु बिगत केहिदिन देखि छपाहरुमा प्रसस्त आइरहेकाछन । सायद तपाईलाई छापामा आएका समाचारहरु पढ्ने फुर्सद नभएर होल किनकी तपाई राजसि ठाँटमा टिको लाउन मै ब्यस्त हुनुहुन्छ ।
बिद्यार्थी आन्दोलनको राप र तापको कारणले याताया क्षेत्रमा ४५ प्रतिशतको भाडा सहुलियत भएको कुरा तपाईको मतहातको कर्मचारीतन्त्रलाई त थाहै होला । नभए म यसै मार्फत जानकारी गराउँदैछु । यस बापत ब्यबसायीहरुले आयत गर्ने पार्ट पुर्जामा भारी मात्रामा कर छुट पाउँदै आएका छन । तर लामो दुरीमा चल्ने यातायातका साधनमा कहिल्यै पनि बिद्याथीहरुले छुट पाउँदैनन । त्यति मात्रै हैन चाडबाडका बेला छोटो दुरीका यातायातका साधनले पनि भाडा छुट दिंदैनन । तपाईको पार्टीका कार्यकर्ता हैनन सरोज सिटौला जो यातायात ब्यबसायी राष्ट्रिय महासंघका महासचिब हुन । सिण्डकेट लाद्न खडा गरिएका यस्ता संस्थाहरुलाई अबैध धोषणा गरेर तपाईंको पार्टीका सदस्यहरुलाई कार्बाहि गर्न छोडेर तपाईं राजसि ठाँटमा आफ्ना आसे पासेहरुलाई टीका लगाउँदै बस्नु भएकोछ । के यो समाजवाद तिर जाने लक्षण हो ?
प्रधानमन्त्रीज्यू,,
बिद्यार्थी आन्दोलनको राप र तापको कारणले याताया क्षेत्रमा ४५ प्रतिशतको भाडा सहुलियत भएको कुरा तपाईको मतहातको कर्मचारीतन्त्रलाई त थाहै होला । नभए म यसै मार्फत जानकारी गराउँदैछु । यस बापत ब्यबसायीहरुले आयत गर्ने पार्ट पुर्जामा भारी मात्रामा कर छुट पाउँदै आएका छन । तर लामो दुरीमा चल्ने यातायातका साधनमा कहिल्यै पनि बिद्याथीहरुले छुट पाउँदैनन । त्यति मात्रै हैन चाडबाडका बेला छोटो दुरीका यातायातका साधनले पनि भाडा छुट दिंदैनन । तपाईको पार्टीका कार्यकर्ता हैनन सरोज सिटौला जो यातायात ब्यबसायी राष्ट्रिय महासंघका महासचिब हुन । सिण्डकेट लाद्न खडा गरिएका यस्ता संस्थाहरुलाई अबैध धोषणा गरेर तपाईंको पार्टीका सदस्यहरुलाई कार्बाहि गर्न छोडेर तपाईं राजसि ठाँटमा आफ्ना आसे पासेहरुलाई टीका लगाउँदै बस्नु भएकोछ । के यो समाजवाद तिर जाने लक्षण हो ?

प्रधानमन्त्रीज्यू,
तपाई दिनमा २÷३ पटक ओहोर दोहोर गर्ने पुतली सडकको हालत त तपाईलाई हेर्ने फुर्सद नै छैन होला । किन कि तपाईं कालो शिशा लगाएको गाडिमा कालै चस्मा लगाएर उखान बर्षाउने ठाउँमा पुग्न भ्याइ नभ्याइछ । म बताई दिन्छु हालत, बिगत कम्तिमा २ बर्ष देखि पुतलीसडक चौकमा ढल फुटेर सडक हिलाम्मे छ त्यो तपाई प्रधानमन्त्री भएको देशको कुन निकायले हेर्ने हो । त्यहि ठाउं नजिकैको स्टार महल अगाडी २( कार्तिक ५ गते) दिन पहिले खानेपानीका कर्मचारी ढल सफा गर्दै थिए म औधि खुसि भएं किनकी त्यो ठाउँको ढल निकै लामो समयल देखि टालिएको थियो र पानी परे पछि सिंगै पुतलीसडक जलमग्न हुन्थ्यो । अनि काम गर्ने कर्मचारीसंग जिज्ञासा राखें । तपाईहरु कहाँबाट आउनु भएको ? उत्तर आयो “खाने पानीबाट” । फेरी सोधें ढल त सफा गर्नु भोे तर यो फोहोर कस्ले फाल्छ नी ? उत्तर आयो“ खै थाहा छैन हजुर नगरपलिकाले फल्नु पर्ने हो ।” फेरी सोधें ढल र खाने पानी त एउटै निकायले हेर्ने होला नी तर यत्रो समय भो ढल जाम भएको अनि किन ढिला गरेको नी ? उत्तर आयो “खै सर कसैले गुनासै गर्दैन ।“त्यो फोहरमा कमलपोखरीको सिटी सेन्टरदेखि बगेर आएका घर भित्र प्रयोग हुने र नसड्ने बस्तुहरुको डङ्गुर थियो ।

बिगत कम्तिमा २ बर्ष देखि पुतलीसडक चौकमा ढल फुटेर सडक हिलाम्मे छ त्यो तपाई प्रधानमन्त्री भएको देशको कुन निकायले हेर्ने हो । त्यहि ठाउं नजिकैको स्टार महल अगाडी २( कार्तिक ५ गते) दिन पहिले खानेपानीका कर्मचारी ढल सफा गर्दै थिए म औधि खुसि भएं किनकी त्यो ठाउँको ढल निकै लामो समयल देखि टालिएको थियो र पानी परे पछि सिंगै पुतलीसडक जलमग्न हुन्थ्यो । अनि काम गर्ने कर्मचारीसंग जिज्ञासा राखें । तपाईहरु कहाँबाट आउनु भएको ? उत्तर आयो “खाने पानीबाट” । फेरी सोधें ढल त सफा गर्नु भोे तर यो फोहोर कस्ले फाल्छ नी ? उत्तर आयो“ खै थाहा छैन हजुर नगरपलिकाले फल्नु पर्ने हो ।” फेरी सोधें ढल र खाने पानी त एउटै निकायले हेर्ने होला नी तर यत्रो समय भो ढल जाम भएको अनि किन ढिला गरेको नी ? उत्तर आयो “खै सर कसैले गुनासै गर्दैन ।“त्यो फोहरमा कमलपोखरीको सिटी सेन्टरदेखि बगेर आएका घर भित्र प्रयोग हुने र नसड्ने बस्तुहरुको डङ्गुर थियो ।
केहि समय अगाडी महानगरपालिकाको वतावरण बिभागका प्रमुख हरिबहादुर कुँवरसंग काठमाडौं महानगरपालिकाको फोहर ब्यबस्थापन किन सन्तोषजनक रुपले नगर्नु भएको भनेर सोधेको थिएँ मलाई वहाँले उल्टै थर्काउनु भयो । मलाई लाग्यो वहाँ तपाई प्रधानमन्त्री भएको देशको राजधानीको एउटा हान्ने साँढे हो । राजधानी जस्तो ठाउँमा कहाँ के छ भन्ने थाहा पाउने संयन्त्र पनि नभएको प्रधानमन्त्री तपाईको राजसि ठाँटले कस्तो समाजवादी यात्र समात्ने हो ?
वातावरण बिभागका महानिर्देशक बेरोजगार छन । भौतिक पूर्बाधार तथा यातायात मन्त्रालयका प्रबक्ता निरिह छन । तपाईंको पार्टीको बहुसंख्यक सदस्य रहेको कर्मचारिहरु टेर्दैनन रे । तपाईको पार्टीका बुहुसंख्यक सदस्य रहेको यातायात ब्यबसायीहरु तपाईंको सरकारलाई टेर्दैनन र मनपरि भाडा असुल्छन । पेट्रोलियम पदार्थको मुल्यमा थोरै घटबढ हुदा पनि हवाई उड्यायन क्षेत्रमा संस्थागत कार्टेलिङ हुन्छ र लुटको स्वर्ग सुरु हून्छ । त्यहाँ पनि तपाईकै पार्टीका सदस्यहरुको हालिमुहालि छ रे । सरकारी स्वमित्व रहेको नेपल बायूसेवाका जहाज पाइलट आभाबमा थन्किन्छन । भाडादर त्यत्ति कै बढाईन्छ । यस्तो बेलामा योजनावद्ध रुपले अगाडी बढ्नु पर्नेमा तपाईं राजसि ठाँटमा ब्यस्त हुन हुन्छ अब कस्तो समाजबादको यात्रा तय गर्नुहुन्छ ?

तपाईं कै शब्द सापटी लिने हो भने यहि अबस्था कायम रहि रहने हो भने तपाई नेपाल भन्ने देशको अन्तिम कम्युनिस्ट प्रधानमन्त्री हो । रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ भने झैं देश जताततै अस्तब्यस्त तपाईं राजसि ठाँटमा दशैं मनाउँदै हुनुहुन्छ । अझ भनौ तपाई नै कुलपति रहेको बिश्व बिद्यालयका हालतहरु । मेरो अनुभब के छ भने जुनजुन क्यम्पसमा तपाईंको पार्टीका सदस्याहरु क्याम्पस प्रमुख छन त्यहाँको स्थिति डामाडोलछ । शुल्क महगो मात्र हैन भौतिक पूर्बाधार नै पर्याप्त छैन । नेपालीमा एउटा उखान छ मरेपछि जुम्राले पनि छोड्छ । त्यस्तै अहिले बिभिन्न नाममा तपाईका वरिपरि रहने जुम्राहरुले छोड्ने दिन अब टाढा छैन । तिनीहरु सबै तपाई कैं पार्टीको सदस्य हुन या छत्रछायाँमा हुर्किरहेकाछन ।
प्रधानमन्त्रीज्यू,
तपाईं कै शब्द सापटी लिने हो भने यहि अबस्था कायम रहि रहने हो भने तपाई नेपाल भन्ने देशको अन्तिम कम्युनिस्ट प्रधानमन्त्री हो । रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ भने झैं देश जताततै अस्तब्यस्त तपाईं राजसि ठाँटमा दशैं मनाउँदै हुनुहुन्छ । अझ भनौ तपाई नै कुलपति रहेको बिश्व बिद्यालयका हालतहरु । मेरो अनुभब के छ भने जुनजुन क्यम्पसमा तपाईंको पार्टीका सदस्याहरु क्याम्पस प्रमुख छन त्यहाँको स्थिति डामाडोलछ । शुल्क महगो मात्र हैन भौतिक पूर्बाधार नै पर्याप्त छैन । नेपालीमा एउटा उखान छ मरेपछि जुम्राले पनि छोड्छ । त्यस्तै अहिले बिभिन्न नाममा तपाईका वरिपरि रहने जुम्राहरुले छोड्ने दिन अब टाढा छैन । तिनीहरु सबै तपाई कैं पार्टीको सदस्य हुन या छत्रछायाँमा हुर्किरहेकाछन ।

अन्त्यमा, प्रधानमन्त्रीज्यू, मैले यहाँ उठान गर्न खोजेकाा आफैंले भोगेका तर लाखौंलाई प्रभाबित पार्न सक्ने जिवन्त समस्याहरु हुन । यस्ता समस्याहरुको समाधन गर्न कुनै ठूलो काम गरिरहनुपर्दैन । केवल प्रभाबकारी अनुगमनको एउटा संयन्त्र मात्र बनाईदिएपुग्छ । प्रत्येक दिन वा तीन तीन दिनमा प्रगति बिबरण मात्रै हेर्ने हो भने तपाईको पार्टीका थुप्रै कार्यकर्ताले काम गर्नछोडेर भाग्ने निस्चित छ । अब, देशलाई कुन गतिमा कता तिर लाने होे “वल” तपाईको हातमाछ । मेरा यी रचनात्मक आलोचनाहरुलाई सकारात्मक रुपपमा लिनु हुनेछ भन्ने अपेक्षा राखेकोछु ।
उहि तपाईको शुभचिन्तक
वि.सं.२०७५ कात्तिक ७ बुधवार १४:०५ मा प्रकाशित