back
CTIZAN AD

कञ्चनपुरमा सात जना बिरामीमा डेंगु

वि.सं.२०७५ कात्तिक १० शनिवार

618 

shares

१० कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा सात जना बिरामीमा डेंगु भएको प्रमाणित भएको छ । शंकास्पद ५२ जना बिरामीको महाकाली अञ्चल अस्पतालमा रगत परीक्षण गर्दा सात जनामा डेंगुको भएको पाइएको हो ।

अस्पतालमा रगत परीक्षण गरिएका तीन जनामा आइजिएम र चार जनामा एनएस एक नामक डेंगुका जीवाणु फेला परेको महाकाली अञ्चल अस्पतालका ल्याव टेक्निसियन महेशदत्त जोशीले बताए । “दुई जना भारतबाट फर्केका र अन्य यही बसोवास गर्ने बासिन्दामा डेंगुका जीवाणु फेला परेको पाइएको छ” , उनले भने ।

एडिज एजिप्टी जातको पोथी लामखुट्टेले टोक्दा डेंगु हुने गर्दछ । दिउँसोको समयमा सक्रिय हुने यस जातको पोथी लामखुट्टेले टोकेमा डेंगु हुने गरेको टेक्निसियन जोशीले बताए । लाखमुट्टेले घरमा रहेका कुलर, टायर, गमलालगायतको सफा पानीमा लार्भा उत्पादन गर्ने गर्दछ ।

डेंगु भएमा उच्च ज्वरो आउने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, प्लेटलेसको कमीले शरीर निलो हुने, राता डाम देखापर्ने गर्दछन् । यी लक्षणहरू देखा परेपछि बिरामीले तत्कालै नजिकको स्वास्थ्यचौकी वा अस्पतालमा उपचारका लागि जानुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

कुलर, टायर, गमलालगायतको सफा पानीमा लामखुट्टेले लार्भा उत्पादन गर्ने भएकाले त्यसलाई नष्ट गर्नका लागि बिषादी छर्कने र पानी सफा गर्नुपर्दछ । विगतमा जनस्वास्थ्य कार्यालयले डेंगुबारे सचेतना फैलाउने र डेंगुका लार्भा देखिएका ठाउँमा बिषादी छर्कने कार्य गर्दै आएको थियो । कार्यालय समायोजनको कार्यसँगै सचेतना फैलाउने कार्य नगरपालिका र गाउँपालिकाको स्वास्थ्य शाखाले गर्नुपर्ने भए पनि नगरिदा डेंगु फैलिने क्रम बढेको बताइएको छ ।

यसैगरी भुसुनाको टोकाइबाट हुने कालाज्वरका एक जना बिरामी पनि कञ्चनपुरमा फेला परेको छ । महाकाली अञ्चल अस्पतालमा उपचार गराउन आएका बिरामीमा कालाज्वर भएको पाइएको हो ।

वि.सं.२०७५ कात्तिक १० शनिवार १०:२२ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...