back
CTIZAN AD

पूर्वप्रधानमन्त्री जियालाई थप सात वर्ष जेल सजाय

वि.सं.२०७५ कात्तिक १२ सोमवार

705 

shares


१२ कात्तिक, ढाका (रासस/एएफपी) ।बङ्गलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा अरु सात वर्षको जेलसजाय तोकेको छ । खालिदा जियाका समर्थकहरुले अदालतको उक्त आदेश राजनीतिक प्रेरित रहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री शेख हसिनाकी राजनीतिक प्रतिद्वन्द्वी जियालाई गत फेब्रुअरीदेखि थुनामा राखिएको छ । भ्रष्टाचारको आरोपमा उनीमाथि पाँच वर्षको जेल सजाय तोकिएको छ ।

अदालतको उक्त आदेश आएलगत्तै प्रहरी र मुख्य विपक्षी बङ्गालादेश नेसलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताहरुबीच झडप भएको छ । ७३ वर्षीया जियाले कारागारभित्रैबाट बीएनपीको नेतृत्व गरिरेकी छन् ।

पछिल्लो मुद्दामा न्यायाधीश मोहम्मद अख्तरुज्जमानले दिएको आदेशमा जियाले शक्ति र परोपकारी कार्यका लागि छुट्याइएको तीन लाख ७५ हजार अमेरिकी डलरको दुरुपयोग गरेको उल्लेख छ ।

पछिल्लो आदेशका कारण हसिनामाथि जियाले चुनौती दिने सम्भावना घटेर गएको छ । जियाको पार्टी बीएनपीले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन, तर उनका वकीलहरुले अदालतको आदेश राजनीतिक उद्देश्यबाट आएको बताएका छन् ।

जियाको दलले सन् २०१४ को संसदीय निर्वाचन बहिस्कार गरेको थियो । जियामाथि हिंसा र भ्रष्टाचारसँग सम्बन्धित अरु मुद्दाहरु पनि अदालतमा विचाराधीन छन् । ढाकाको केन्द्रीय कारागारमा रहेकी जियाको स्वास्थ्य अवस्था केही महिनादेखि कमजोर रहेको छ । उनलाई जेलभित्रै उपचारको व्यवस्था मिलाएको बताएको छ ।

जियाको मुद्दाको सुनुवाई गर्न कारागारभित्रैको एक कोठालाई अस्थायी अदालतका रुपमा परिणत गरिएको छ । उनका वकीलहरुले सरकारको यो कदम असंवैधानिक भन्दै यसको विरोध गरेका छन् ।

गत महिना पनि अदालतले हाल बेलायतको लन्डनमा निर्वासित जियाका छोरा तारिक रहमानलाई आजीवन कारावासको सजाय सुनाएको छ ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार २०:१९ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...