back
CTIZAN AD

चीनमा खानी दुर्घटनामा १९ जनाको मृत्यु

वि.सं.२०७५ कात्तिक १२ सोमवार

657 

shares

१२ कात्तिक, बेइजिङ  (रासस/एएफपी) ।यसै महिनाको शुरुमा पूर्वी चीनमा भएको एक खानी दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टी भएको छ । उक्त दुर्घटनामा २२ जना परेको चिनीया सञ्चार माध्यमले जनाएको छ ।

सिन्ह्वाका अनुसार गत अक्टोबर २० मा कोइला खानीको सुरुङभित्र काम गरिरहेका मजदूर सुरुङको दुवैतर्फ ढुङ्गा खसेर थुनिएका थिए । हालसम्म एकजना मजदूर मात्रको उद्धार गरिएको छ । अन्य दुई जनाको खोजी कार्य जारी छ ।

उक्त दुर्घटना शान्दोङ प्रान्तको लङ्ग्यून कोल माइनिङ कम्पनीको खानीमा भएको हो । चीनमा बर्सेनि खानीमा घातक दुर्घटनाहरु हुने गरेका छन् । डिसेम्बर २०१६ मा भएका दुईवटा खानी दुर्घटनामा कम्तीमा ५९ जना मजदूरको ज्यान गएको थियो ।

चीनको राष्ट्रिय कोइला खानी सुरक्षा प्रशासनका अनुसार सन् २०१७ मा कोइला खानीमा ३ सय ७५ जना मजदूरको मृत्यु भएको थियो । चीनमा अबैध कोइला खानी सञ्चालनका साथै सुरक्षाको भरपर्दो व्यवस्था नहुँदा ठूलो संख्यामा मजदूरको ज्यान जाने गरेको छ ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार २०:२२ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...