back

साफ यू–१५ मा सेमिफाइलनका दुवै खेल बिहीबार

वि.सं.२०७५ कात्तिक १४ बुधवार

303 

shares
GLOBAL IME AD
NTC AD

 

१४ कात्तिक, काठमाडौँ । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलका दुवै खेल बिहीबार हुने भएका छन् ।

ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो सेमिफाइनल समूह ‘ए’को विजेता बङ्गलादेश र समूह ‘बी’को उपविजेता भारतबीच बिहान १०ः३० बजे हुनेछ । दोस्रो सेमिफाइनल समूह ‘बी’ को विजेता पाकिस्तान र समूह ‘ए’ को उपविजेता नेपालबीच अपराह्न २ः३० बजे हुने एन्फाले जनाएको छ ।

समूह चरणमा एक हार र एक जीत निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो । भारत पनि सोही नतिजाका साथ सेमिफाइनल पुगेको हो भने पाकिस्तान र बङ्गलादेश समूह चरणका दुवै खेल जित्दै सेमिफाइनल प्रवेश गरेका हुन् । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाएका छन् । भुटान र माल्दिभ्स भने समूह चरणबाटै बाहिरिइसकेका छन् ।
सन् २०१३ देखि आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको थियो । सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो । प्रतियोगिताका चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो । यसअघि भएका तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ तथा बङ्गलादेशले सन् २०१५ मा उपाधि जितेको थियो ।

पेन्टाथोलनमा नेपाललाई दुई कास्य पदक
इजिप्टमा सम्पन्न पेन्टाथोलन (पाँच खेलको एउटा सङ्गठन) को वल्र्ड च्याम्पियनपिपमा नेपाल दुई कास्य पदक ल्याउन सफल भएको छ । यही कात्तिक ८ देखि ११ गतेसम्म इजिप्टमा सम्पन्न उक्त प्रतियोगितामा यू–१९ उमेर समूहको मिक्स रिले (सुटिङ, पौडी र दौड इभेन्ट) मा नेपालका राहुल दर्शन र सलोनी लामाको जोडीले कास्य पदक जितेको सङ्घका उपमहासचिव इन्दिरा निरौलाले जानकारी दिइन् ।

सो समूहमा कजाकिस्तानले स्वर्ण र भारतले रजत जितेका छन् । नेपाल रहेको समूहमा कजाकिस्तान, भारत, बेलायत, इजिप्ट र जर्मनी थिए । पदक जितेर खेलाडी नेपाल आएपछि मात्रै यो प्राप्त भएको हो । नेपाली टोली मङ्लबार राति काठमाडौँ आइपुगेको निरौलाले जानकारी दिइन्।

प्रतियोगितामा नेपालबाट विभिन्न उमेर समूहका पाँच खेलाडीले सहभागिता जनाएका थिए । त्यसैगरी मुख्य प्रशिक्षकमा राजु दर्शन, सहायक प्रशिक्षकमा सुन्दर प्रजापति, टोली व्यवस्थापकमा भीम सुवेदी र अधिकृतमा रितेश श्रेष्ठको सहभागिता थियो । च्याम्पियनसिपमा विश्वभरका ३०० खेलाडीको सहभागिता थियो । ती खेलाडीलाई २४ समूहमा विभाजन गरी खेलाइएको थियो ।

वि.सं.२०७५ कात्तिक १४ बुधवार २०:१२ मा प्रकाशित

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल...

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

टी-ट्वान्टी श्रृङ्खला : थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

टी-ट्वान्टी श्रृङ्खला : थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं । महिला टी-ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ...

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका...

प्रदेशस्तरीय चेस प्रतियोगिता हुने

प्रदेशस्तरीय चेस प्रतियोगिता हुने

सुन्दरहरैँचा । विराट चेस क्लबको आयोजनामा आगामी फागुन ३ देखि...

अर्जुन ट्रफी क्रिकेट : बुटवल काठमाडौंसित पराजित

अर्जुन ट्रफी क्रिकेट : बुटवल काठमाडौंसित पराजित

फाप्ला (कैलाली) । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा...