back
CTIZAN AD

आजदेखि सुरु भयो विश्व पाराग्लाइडिङ प्रतियोगिता, २१ देशका ९८ खेलाडी सहभागी

वि.सं.२०७५ कात्तिक १५ बिहीवार

720 

shares

१५ कात्तिक, स्याङ्जा । भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा बिहीबारदेखि सञ्चालन हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिताका लागि भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका, क्यानडालगायत २१ देशका ९८ खेलाडीले नाम दर्ता गराइसकेको र खेलाडी प्रतियोगिता स्थलमा आउनेक्रम जारी रहेको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महिलातर्फ एकल, महिला र पुरुष गरी कूल चार इभेन्ट्स हुने प्रतियोगितामा १४ गोल्ड मेडल, १४ रजत तथा १४ कास्य पदक प्रदान गरिने बताइएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जिल्ला समन्वय समितिका उपप्रमुख एवं प्रतियोगिता अनुगमन समितिका संयोजक दिलीपकुमार बगालेले बताए । प्रतियोगिता नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एडभेन्चर क्लब स्याङ्जाको आयोजना तथा जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा सम्पन्न हुनेछ । यही कात्तिक १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता स्वरेक मैदानमा उद्घाटन र डौवा फाँटमा समापन गरिनेछ ।

https://sansarnews.com/archives/124841

वि.सं.२०७५ कात्तिक १५ बिहीवार ०९:५५ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...