back
CTIZAN AD

कुखुरापालक किसान मर्कामा

वि.सं.२०७५ कात्तिक १५ बिहीवार

720 

shares

नारायण अधिकारी,चितवन ।  ब्वायलर कुखुराको मासुको मूल्यमा गिरावट आएपछि साना किसान मर्कामा परेका छन् । बजारमा ब्वायलर कुखुराको तयारी मासु प्रतिकिलो रु २६० मा बिक्री हुँदै आएको छ । किसानको फार्मबाट जिउँदो कुखुरा प्रतिकिलो रु १५० मा बिक्री हुने गरेको छ ।

नेपाल कुखुरापालक किसान सङ्घका अध्यक्ष झलक पौडेलका अनुसार एउटा कुखुरा बिक्री गर्दा किसानले रु ५० भन्दा बढी नोक्सान व्यहोरिरहेका छन् । किसानले एउटा चल्ला रु ९० मा खरीद गर्ने गरेका छन् । किसानले कुखुरा बिक्री गर्ने बेलासम्म चार किलो दाना, औषधि, श्रम, भाडालगायत खर्च गर्दा प्रति कुखराको मूल्य रु ४२५ भन्दा बढी पर्छ । किसानले एउटा कुखुरा रु ३७५ मा बिक्री गर्ने गरेको पौडेलले बताए ।

“साना किसानले निरन्तर घाटा व्यहोर्नु परिरहेको छ,” उनले भने । देशभर २६ हजारभन्दा बढी साना किसानले ब्वायलर कुखुरापालन गरिरहेका छन् । मासु बिक्री गर्ने ठूला व्यापारीले चिस्यान केन्द्रमा मासु थुपार्ने गरेका छन् । मासु सकिँदा मूल्य घटाइदिने र सस्तोमा कुखुरा खरीद गर्ने गरेका छन् भने मासु थुपिँ्रदा मूल्य बढाइदिने गरेका कारण समस्या भएको पौडेलले बताए ।

कुखुरापालन व्यवसायी मञ्चका अध्यक्ष डा होमबहादुर बस्नेतले मासुको मूल्य प्रतिकिलो रु ३०० भन्दा बढी नभएसम्म किसानलाई फाइदा नहुने बताए । दशैँको समयमा खसी र राँगा धेरै काटिँदा त्यसको सुकुटी बनाएर राख्ने गरेका कारण कुखुराको मूल्यमा कमी आएको उनले बताए । नेपाल कुखुरापालन महासङ्घका अध्यक्ष गुणचन्द्र बिष्टले उच्चस्तरको प्रविधिमा कुखुरा पाल्न सकेमा यही दरभाउले नाफा हुने भए पनि अहिलेको प्रविधिमा नोक्सान हुने बताएका छन् । अवैध रुपमा भित्रिने भारतीय मासुका कारण पनि मूल्यमा कमी आएको उहाँको भनाइ छ । नेपालमा अन्य पेशा व्यवसाय गर्न नसक्ने किसानले आफ्नै बारीमा वा खोर भाडामा लिएर ब्वायलर कुखुरा पाल्ने गर्दछन् । समय समयमा दरभाउ तलमाथि हुँदा ऋणमा व्यवसाय गर्ने मर्कामा पर्ने गरेका छन् ।

सात अर्ब राजश्व

आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको तीन महीनामा झण्डै रु सात अर्ब ३४ करोड राजश्व सङ्कलन गरेको छ । लक्ष्यको ११८ प्रतिशत राजश्व सङ्कलन भएको हो ।

कार्यालयले चालू आवकोे तीन महीनामा आयकर रु ३१ करोड ४३ लाख ४१ हजार, ब्याजकर रु तीन करोड ९६ लाख, मूल्य अभिवृद्धि कर रु ३९ करोड २६ लाख ४६ हजार र अन्तःशुल्क रु ६ अर्ब ५५ करोड ७९ लाख ६६ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्षको यही अवधिमा रु पाँच अर्ब दुई करोड १८ लाख ४८ हजार राजश्व सङ्कलन भएको थियो ।

कार्यालयका अनुसार साउनयता दुई हजार ५७९ नयाँ करदाता थपिएका छन् । असोज ७ गतेदेखि नवलपुर जिल्लामा पनि सेवा कार्यालय स्थापना भएको छ । नवलपुरको कावासोतीस्थित सेवा कार्यालयबाट राजश्व सङ्कलन गर्न सकिने भएकाले राजश्व कार्यालय भरतपुरमा सेवाग्राहीको चाप कम भएको छ । कार्यालयका प्रमुख शुभ रिजालका अनुसार कर परीक्षण र अनुसन्धानका काम भने भरतपुरबाटै हुनेछन् । त्यस्तै नवलपुरका करदाताले अन्तःशुल्क कर पनि आन्तरिक राजश्व कार्यालय भरतपुरमा नै बुझाउनुपर्ने उहाँले बताए ।

आन्तरिक राजश्व विभागले यस कार्यालयका लागि रु २७ अर्ब ६१ करोड ३६ लाख ५३ हजार वार्षिक लक्ष्य निर्धारण गरेको छ । गत आवमा कार्यालयले रु २१ अर्ब ८१ करोड ३१ लाख २१ हजार राजश्व सङ्कलन गरेको थियो । यस क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले अधिकांश राजश्वको हिस्सा अन्तःशुल्कबाट सङ्कलन हुने गर्दछ ।

कार्यालयअन्तर्गत प्यान लिएका ३२ हजार ६९५ र व्यक्तिगत प्यान लिएका ४८ हजार ३७१ करदाता छन् । मूल्य अभिवृद्धि कर ९भ्याट० मा सात हजार ७३५ करदाता दर्ता भई अन्तःशुल्कतर्फ तीन हजार ४४३ करदाताले इजाजत नवीकरण गरेको कार्यालयले जनाएको छ ।

हिउँदमा गैँडा गणना

चितवन राष्ट्रिय निकुञ्जसहित नेपालका गैँडा रहेका निकुञ्जमा आउँदो हिउँदमा गैँडा गणना गर्ने तयारी भइरहेको छ । गत वर्षको वर्खामा राप्ती र नारायणी नदीले गैँडा बगाएको थियो । त्यतिबेला नौ गैँडा भारतबाट उद्धार गरी ल्याइएको थियो । थप गैँडा बगाएको र मरेको आशङ्का गरिएको भए पनि यकिन तथ्याङ्क छैन । चार वर्षको फरकमा गैँडा गणना गरिन्छ । हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो ।

वि.सं.२०७५ कात्तिक १५ बिहीवार १७:२९ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...