back
CTIZAN AD

वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्ने नेपालको जोड

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार

618 

shares

१६ कात्तिक, काठमाडौँ । नेपालले वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्नेमा जोड दिँदै त्यसका लागि ती राष्ट्रले वित्तीय सहायता बढाउनुपर्ने आवश्यकता औँल्याएको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले वायु प्रदूषण तथा स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठनको जेनेभामा भएको प्रथम सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै अल्पविकसित, भूपरिवेष्टित विकासोन्मुख तथा विकासोन्मुख साना टापु मुलुकलाई औद्योगिक राष्ट्रले ज्ञान, सीप र प्रविधिका माध्यमबाट सघाउनुपर्ने बताए ।

हावाको गुणस्तर सुधार, जलवायु परिवर्तन प्रतिरोध र जीवन जोगाउने विषयमा केन्द्रित रहेर मन्तव्य व्यक्त गर्दै उनले हरितगृह ग्यास उत्सर्जनमा नेपालको नगण्य भूमिका रहेको स्पष्ट गर्दै त्यसको विषम प्रभावबाट नेपाल पनि अछुतो नरहेको बताए । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालय तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि स्थायी नेपाली नियोगका अनुसार मन्त्री यादवले वायु प्रदूषण नियन्त्रणमा नेपालको अनुभव, वायु प्रदूषण हुन नदिन नेपाल सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमबारे जानकारी दिए ।

स्वच्छ वायुमण्डल र पर्यावरणको सुनिश्चितताका निम्ति जलविद्युत् उत्पादन एवं आपूर्ति, विद्युतीय सवारी साधनको थालनी, डिजेलबाट सञ्चालन हुने यन्त्रको अति कम प्रयोग, सौर्य ऊर्जाको उपयोग, सवारी साधनको वायु प्रदूषणस्तर मापन अनिवार्य गर्नुका साथै फोहरमैलाको उचित व्यवस्थापनलाई प्राथमिकतासाथ कार्यान्वयन गरिएको उनले बताए ।

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार १३:३९ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...