back
CTIZAN AD

कीर्तिपुण्य सहकारीको रु ५६ हजार मुनाफा

वि.सं.२०७३ कात्तिक ६ शनिवार

1.1K 

shares

काठमाडौँ  । कीर्तिपुण्य बचत तथा ऋण सहकारी संस्था आव २०७२-७३ मा रु ५६ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

लिमिटेडको आज सम्पन्न सातौंँ वार्षिक साधारणसभामा विगतका आर्थिक वर्षमा झैं आव २०७२-७३ मा पनि संस्थाबाट प्रवाह भएको ऋणतर्फ कुनै पनि ऋणको भाखा ननाघेको र सम्पूर्ण ब्याज समयमै असुल भएको जानकारी दिइएको थियो ।

आव २०७१-७२ मा संस्थाको कुल सम्पत्ति तथा दायित्व रु एक करोड १८ लाख ९० रहेकामा गत आवमा कुल सम्पत्ति तथा दायित्व ६ दशमलव ३७ प्रतिशतले वृद्धि भई रु एक करोड २६ लाख ४७ हजार पुगेको संस्थाका अध्यक्ष किरणराम रञ्जितकारले जानकारी दिनुभयो । आव २०६८-६९ देखि सो संस्था निरन्तर नाफामा सञ्चालन भइआएको छ ।

साधारणसभामा सहभागीले संस्थाले आर्थिक कारोबारको आकार बढाएर लान दिएको सmुझाव अनुरुप अध्यक्ष रञ्जितकारले चालु आवदेखि योजनाबद्ध रुपमा आर्थिक गतिविधिलाई अघि बढाउने विश्वास दिलाउनुभएको थियो । आव २०७२-७३ सम्ममा संस्थाको कुल सदस्यता सङ्ख्या ८७ कायम भएको छ । रासस

वि.सं.२०७३ कात्तिक ६ शनिवार १२:०४ मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...