back
CTIZAN AD

नक्कली सुन बिक्री गर्ने तीन पक्राउ

वि.सं.२०७५ कात्तिक २० मंगलवार

609 

shares

२० कात्तिक,भक्तपुर । एक किलो सुन रु ३५ लाखमा बिक्री गर्ने भन्दै नक्कली सुन बिक्री गर्न ग्राहक खोज्दै हिँडेका तीनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३५ वर्षीय राजु लामा, धादिङ, गजुरी गाउँपालिका–१ का २४ वर्षीय राजेन्द्र तामाङ र काभ्रे, रोशी गाउँपालिका–४ का ३६ वर्षीय राजकुमार तामाङ रहेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा सुनको बिस्कुट जस्तै देखिने एक किलोग्राम लेखेको एक ढिक्का पहेँलो वस्तु लिएर सुन भन्दै बिक्री गर्न ग्राहकको खोजी गर्दै हिँडेका उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई नै महानगरीय प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ कात्तिक २० मंगलवार १९:५३ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...