back
CTIZAN AD

उत्तर कोरियासँगको उच्चस्तरीय वार्ता एक्कासी स्थगित

वि.सं.२०७५ कात्तिक २२ बिहीवार

498 

shares

२२ कात्तिक, वासिङटन । अमेरिकी विदेशमन्त्रालयले एक उत्तर कोरियाली उच्च अधिकारीसँग न्यूयोर्कमा भेट हुने गरी तय भएको अमेरिकी राष्ट्रपतिको भेटवार्ताको कार्यक्रम एक्कासी रोकिएको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्च अधिकारीसहितको एक प्रतिनिधिमण्डलसँग बिहीबार हुनेगरी बनाइएको कार्यक्रम तत्कालका लागि रोकिएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हिदर नौएटले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपतिसँगको भेटवार्ता छिट्टै तर अर्को मितिमा हुनेगरी सरेको विदेश मन्त्री माइक पोम्पेओले जनाए ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भेटवार्ताको मिति सर्नुको कारण खुलाइएको छैन ।

यद्यपि अमेरिकाले उत्तर कोरियालाई प्रतिबन्ध हटाउनुपर्ने माग अघि सारेकाले भेटवार्ता तत्कालका लागि हुने सम्भावना नदेखिएको विदेश मन्त्रालय सम्बद्ध केही अधिकारीले नाम नखुलाउने शर्तमा बताए ।

अमेरिकी विदेश मन्त्रालयले एक दिन पहिले उत्तर कोरियाली नेता किम जोङ अनको दायाँ हात मानिने किम योङ चोलसँग भेट्ने जानकारी गराएको थियो तर बुधबार एकाएक उक्त भेटवार्ताको कार्यक्रम रद्द भएको जनाइएको छ ।

वि.सं.२०७५ कात्तिक २२ बिहीवार ११:०४ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...