नातिबाबु भट्ट,कोलोराडो, अमेरीका
नेपाल संम्बत ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आईतबार एक कार्यक्रम आयोजनागरि एक आपसमा भिंतुना आदान प्रदान गरेका छन् ।
नेवा खःल कोलोराडोले आयोजना गरेको न्हूद“या भिन्तुना कार्यक्रममा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् ।
हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसवी नारायण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लायन्स ६ नर्थईष्टका भ्याईस डिष्टीक गभर्नर जोशन श्रेष्ठ, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, नेपाली घरका उपाध्यक्ष एबं पत्रकार नातिबाबु भट्ट, रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालका उमेश श्रेष्ठ, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव श्याम श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, पूर्व मीस नेपाल ईसानी श्रेष्ठ आयोजक संस्थाका पदाधिकारी, पत्रकार तथा गन्यमान्य ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी समाजसवी नारायण श्रेष्ठबाट पानसमा बत्ती बालेर उद्धाटन गरिएको कार्यक्रममा हालै दिबंगत भएका नेःवाका मार्ग दर्शक पद्यरत्न तुलाधरको संझनामा एक मिनेट मौनधारण गर्दै अगाडी बढेको थियो । कार्यक्रममा बयोबृद्ध हेमकुमार श्रेष्ठ र बिना श्रेष्ठले उपस्थित सबैलाई रातोटिका लगाई सगुन प्रदान गरि शुभकामना सहित आर्शिवाद प्रदान गरेका थिए ।
आयोजक संस्था नेःवा खलका सल्लाहकार श्याम श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए भने रत्नकाजी तुलाधरले कार्यक्रमको महत्ब र यसको ईतिहास कोट्याएका थिए । उनका अनुसार भक्तपुरका राजा राघब देवलाई उनका ज्योतीषले साईत जुराई काठमाण्डौं स्थित बिष्णुमतीको बालुवा लिएर आएमा सुनमा परिणत हुने सल्लाह दिए । सल्लाह अनुसार राजाले साईत जुराई बालुवा लिन पठाए । काठमाण्डांैमा ब्यापार गरी बसेका शंखधरले भक्तपुरका मानीसले काठमाण्डौ देखी बालुवा किन लग्दैछन् यसमा पक्कै केही रहस्य हुनुपर्दछ भन्ने सोचेर बालुवा बोक्ने भरियाहरुलाई त्यो बालुवा छोडेर अर्को बालुवा लिएर गए पैसा दिने बताए । पैसा पाउने भएपछि भरियाले बालुवा छोडेर गए नभन्दै ती सबै बालुवा सुनमा परिणत भयो । त्यही सुन बेची शंखधरले सबै नेपालीको ऋण तिरी दिई नेपाल संम्बत चलाए ।
कार्यक्रममा हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसवी नारायण श्रेष्ठ, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, समाजसेवी बिके श्रेष्ठ, पूर्बमिस नेपाल ईशानी श्रेष्ठ लगायतका बक्ताहरुले शुभकामना मन्तब्य दिंदै नेःवा संस्कृती र परंपरा बिशाल रहेको जसले नेपाललाई बिश्व माझ चिनाउन सफल भएको धारणा राख्दै यसको संरक्षकोलागी सबैको उत्तीकै जिम्मेवारी रहेको बताएका थिए । नेवारी संस्कृतीमा बर्षको ५२ हप्तामा ३६ हप्ता चार्ड पर्व पर्ने यस्तो बिशाल संस्कृती यो पुस्तामा मात्र सिमीत नराखी नयापुस्तालाई सिकाउदै जानुपर्ने सबैको राय थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा रत्नकाजी तुलाधर मनोजकाजी तुलाधर, मोहन श्रेष्ठ र प्रेमकाजी श्रेष्ठले नेवारी संस्कृती पहिचाहन गराउने धिमे बाजा, धा“ बाजा बजाएका थिए । त्यसैगरी सुरेस श्रेष्ठले नेवारी भाषाको जननी दोलखे भाषामा गीत गाएर उपस्थित सबैलाई मनोरञ्जन दिएका थिए । कार्यक्रममा उपस्थित अतिथीहरुलाई संस्थाका अध्यक्ष प्रेम श्रेष्ठले खादा लगाईदिई सम्मान गरेका थिए । संस्थाका अध्यक्ष प्रेमकाजी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम, सचिव मोहनकाजी श्रेष्ठले संचालन गरेका थिए । कोलोराडोमा बिगत ९ बर्ष देखी नेवा खःल कोलोराडोले न्हूद“या भिन्तुना कार्यक्रमको आयोजना गर्दे आएको छ ।
वि.सं.२०७५ कात्तिक २७ मंगलवार १३:५५ मा प्रकाशित