back
CTIZAN AD

महाअभियोगका पक्षमा लाग्न माओवादी केन्द्रका सांसदलाई निर्देशन

वि.सं.२०७३ कात्तिक ७ आइतवार

960 

shares

 ७ कात्तिक,काठमाडौँ । नेकपा(माओवादीकेन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगका पक्षमा लाग्न सांसदहरुलाई निर्देशन दिएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका सांसदलाई महाअभियोग अघि बढाउन निर्देशन दिनुभएको नेता अग्नि सापकोटाले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको शनिबारको बैठकले महाअिभयोगसम्बन्धी निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष दाहाललाई दिएको थियो ।

सोही अनुरुप आफूले सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत विभिन्न पार्टीका नेतासँग छलफल अघि बढाएको आजको बैठकमा अध्यक्ष दाहालले जानकारी दिनुभएको थियो ।

अध्यक्ष दाहालले वैधानिक रुपमा दर्ता भएको महाअभियोगका पक्षमा एक भएर अघ्न बढ्न बैठकमा सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०६:५५ मा प्रकाशित

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

काठमाडौं । मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका प्रतिनिधिको...

नेपाली कमुनिस्ट पार्टी ७ स्थानमा अग्रता

नेपाली कमुनिस्ट पार्टी ७ स्थानमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले...

निर्वाचन परिणामः चालिस स्थानमा रास्वपा अघि

निर्वाचन परिणामः चालिस स्थानमा रास्वपा अघि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार...

कांग्रेसद्वारा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकोमा सरकार र आयोगलाई धन्यवाद

कांग्रेसद्वारा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकोमा सरकार र आयोगलाई धन्यवाद

काठमाडौँ ।  नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न...

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...